दफा १२कः बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याई का काम कारोबार गर्न नहुने

Estimated reading: 0 minutes 307 views

१) कसैले बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको स्वामित्वमा रहेको चल अचल सम्पत्ति मिलोमतो वा जाल परिपञ्च गरी वा हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने कीर्ते कागज बनाई, दिई वा पेश गरी वा आफूसँग नभएको कुरा आफूसँग छ भनी झुक्याई वा झुट्टा कुरालाई साँचो हो भनी भझुक्याई वा अरु जुनसुकै व्यहोरासँग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको हकको चल अचल सम्पत्ति लिनु दिनु दिलाउनु वा बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको सम्पत्ति मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही सम्पत्ति लिनु दिनु बिक्री व्यवहार गर्ने वा सट्टापट्टा गरी बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई हानि नोक्सानी पुर्‍याउनु हुँदैन।

२) कसैले कुनै व्यहोराको झुट्टा, जालसाजपूर्ण कथन, प्रतिज्ञा वा अन्य कुनै तवरबाट बैङ्क वा वित्तीय संस्थालाई नोक्सानी पुग्ने गरी सो बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघको नियन्त्रण वा संरक्षण वा स्वामित्वमा रहेको नगद रकम, कोष, सुरक्षणपत्र वा अन्य चल, अचल सम्पत्ति प्राप्त गर्न वा त्यस्तो सम्पत्ति माथि दखल पुर्‍याउन वा नियन्त्रणमा लिन वा त्यस्तो योजनालाई कार्यान्वयन गर्न सहयोग पुर्‍याई बैङ्ग वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई हानि नोक्सानी पुर्‍याउनु हुँदैन।

३) कसैले कुनै व्यहोराको गलत वा झुट्टा विवरण वा प्रतिज्ञाको आधारमा बैङ वा वित्तीय संस्था वा सहकारी संस्था वा संघसँग कुनै कारोबार गर्न वा आफ्नो नाम ढाँटी सो नाम मेरो होइन, अर्कैको हो भनी र अर्को मानिसको नामलाई मेरो हो सो मानिस मै हुँ भनी वा त्यस्तो कुरा अर्काबाट जानी बुझी भनाउनु, भनी दिनु इत्यादि जुनसुकै कुरो गरी कसूरको सजायबाट बच्नका लागि वा बेइमानीको नियतले धोका गफलत वा झुक्यानमा पारी बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई कुनै पनि तवरले हानि नोक्सानी पुन्याई आफू वा अरु कसैलाई लाभ हुने कार्य गर्न हुँदैन।

Share this Law

दफा १२कः बैङ्क वा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याई का काम कारोबार गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.