परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ८८: कर्जा सूचना केन्द्रको स्थापना

Estimated reading: 1 minute 48 views

१) बैङ्कले देहायको प्रयोजनको लागि एउटा कर्जा सूचना केन्द्रको स्थापना गर्न वा गराउन सक्नेछः-

(क) कर्जा प्रवाहमा शुद्धता र उपयुक्तता कायम गर्न बैङ्क तथा वित्तीय संस्था वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्थाहरुले प्रवाह गरेको कर्जाको सूचना प्राप्त गर्न,

(ख) खण्ड (क) बमोजिम प्राप्त सूचनालाई सोही खण्डमा उल्लिखित प्रयोजनको निमित्त *बैङ्क तथा वित्तीय संस्था वा सहकारी सम्बन्धी प्रचलित कानुन बमोजिम दर्ता भएका सहकारी संस्थाहरुको बीचमा आदान प्रदान गर्न,

(ग) समयमा कर्जा नतिर्ने वा कर्जाको दुरुपयोग गर्ने ऋणीहरुको नामावली अनिवार्य रुपमा उपलब्ध गराउन,

(घ) बैङ्कले तोकेको सीमा भन्दा बढीको लगानी गर्नु वा कर्जा दिनु अघि केन्द्रबाट अनिवार्य रुपमा सूचना लिन,

(ङ) खण्ड (ग) बमोजिम प्राप्त नामावलीलाई केन्द्रले यकिन गरी कालो सूचीमा राख्न तथा सो सम्बन्धमा आवश्यक कारबाही गर्न, र

(च) प्रत्येक बैङ्क तथा वित्तीय संस्था वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्थाले यस्तो सूचना आदान प्रदान गरे, नगरेको तथा त्यस्तो सूचना अनुरुप ऋण लगानी गर्ने गरे, नगरेको बारे निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गरी बैङ्कलाई प्रतिवेदन पेश गर्न।

२) बैङ्कले उपदफा (१) मा उल्लिखित कार्यलाई तोकिए बमोजिम नियमित तथा व्यवस्थित गर्नेछ ।

* सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ द्वारा संशोधित ।

Share this Law

दफा ८८: कर्जा सूचना केन्द्रको स्थापना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.