दफा ८६झः बैङ्कको आदेश उपर पुनरावेदन गर्ने अधिकार

Estimated reading: 0 minutes 333 views

१) दफा ८६ग., ८६घ., ८६ङ., ८६च. र ८६ज. बमोजिम बैङ्क वा बैङ्कबाट नियुक्त अधिकारीले गरेको कुनै कार्य, आदेश, निर्णय वा कारबाही उपर चित्त नबुझेमा त्यस्तो कार्य, आदेश, निर्णय वा कारबाही उपर पन्ध्र दिनभित्र समिति समक्ष पुनरावेदन गर्ने अधिकार त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाका शेयरधनीको प्रतिनिधिलाई मात्र हुनेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि “शेयरधनीको प्रतिनिधि” भन्नाले तत्काल कायम रहेको चुक्ता पूँजीको कम्तीमा पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व हुने गरी शेयरधनीहरुले आफूमध्येबाट चुनेको व्यक्ति सम्झनु पर्छ।

२) उपदफा (१) बमोजिमको अवधिभित्र तत्काल कायम रहेको चुक्ता पूँजीको कम्तीमा पच्चीस प्रतिशत शेयरको प्रतिनिधित्व नहुने गरी परेको पुनरावेदन उपर सुनवाई हुने छैन।

३) उपदफा (१) बमोजिम बैङ्क समक्ष पुनरावेदन परेकोमा सो पुनरावेदन प्राप्त गरेको मितिले तीस दिनभित्र समितिले सम्बद्ध प्रमाण, आधार र कारणहरु खुलाई बैङ्क वा बैङ्कले नियुक्त गरेको अधिकारीले गरेको कार्य, आदेश, निर्णय वा कारबाही, समर्थन, पुनरावलोकन वा बदर गर्न सक्नेछ।

४) उपदफा (३) बमोजिम गरिएको निर्णयको जानकारी समितिले पन्ध्र दिनभित्र सम्बन्धित शेयरधनीको प्रतिनिधिलाई दिनु पर्नेछ।

५) उपदफा (३) बमोजिम बैङ्क वा बैङ्कले नियुक्त गरेको अधिकारीले गरेको कार्य, आदेश, निर्णय वा कारबाही समितिले बदर गरेकोमा बाहेक त्यस्ता काम कारबाहीहरु यथावत कायम रहनेछन्।

६) शेयरधनीको प्रतिनिधिको पुनरावेदन उपर उपदफा (३) बमोजिम समितिले गरेको निर्णय अन्तिम हुनेछ।

Share this Law

दफा ८६झः बैङ्कको आदेश उपर पुनरावेदन गर्ने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.