दफा ८६जः समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाको पुँजी घटाउन सक्ने

Estimated reading: 0 minutes 309 views

१) कम्पनी ऐन तथा अन्य प्रचलित कानून वा समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ८६ग. को उपदफा (१) को खण्ड (ण) बमोजिम बैङ्कले समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई आफ्नो नियन्त्रणमा लिएपछि त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको चुक्ता पूँजी क्षय भएको वा शेयरधनीबाट चुक्ता हुनुपर्ने रकम चुक्ता नभएको वा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको दायित्व सम्पत्तिले नखाम्ने देखिएमा त्यसरी क्षय भएको वा सम्पत्तिले नखाम्ने हदसम्मको पूँजीको अंश रद्द गरी शेयर पूँजी घटाउन सक्नेछ ।

तर त्यसरी शेयर पूँजी घटाउनु अघि बैङ्कले सोको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा कम्तीमा दुईपटक प्रकाशन गर्नु पर्नेछ।

२)* …………………..

३) उपदफा (१) बमोजिम सूचना प्रकाशन गर्दा शेयरको चुक्ता मूल्यको रकम भुक्तानी नगरेका शेयरधनीहरुको हकमा त्यस्तो रकम चुक्ता गर्न बैङ्कले तीस दिनको समयावधि दिनु पर्नेछ। त्यसरी सूचना जारी गर्दा माग गरिएको रकम चुक्ता नगर्ने शेयरधनीहरुको शेयर बैङ्कले रद्द गर्ने प्रक्रिया अगाडि बढाउन सक्नेछ र दामासाहीमा वा फरफारखमा वा खारेजीमा परेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको शेयरको हकमा बैङ्कले त्यस्तो शेयर पूँजीको न्यूनतम मूल्य कायम गर्न सक्नेछ।

४) उपदफा (१) बमोजिम बैङ्कले समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाको शेयर पूँजी घटाएमा वा उपदफा (३) बमोजिम शेयर रद्द गरेमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा सोही बमोजिम स्वतः संशोधन भएको मानिनेछ।

*दोस्रो संशोधनद्वारा झिकिएको। 

Share this Law

दफा ८६जः समस्याग्रस्त वाणिज्य बैङ्क वा वित्तीय संस्थाको पुँजी घटाउन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.