परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ८६घः बैङ्कले वाणिज्य बैङ्क वा वित्तीय संस्था नियन्त्रणमा लिएपछिको असर

Estimated reading: 0 minutes 51 views

१) दफा ८६ग. को उपदफा (१) को खण्ड (ण) बमोजिमको आदेश दिई बैङ्कले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिई सोको व्यवस्थापन तथा कारोबार सञ्चालन गर्दा गराउँदाको अवस्थामा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाका व्यवस्थापक तथा कर्मचारीले त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति, जायजेथा तथा सम्पूर्ण कारोबार तथा सोको विवरण र कारोबार सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग तथा सुविधाहरु बैङ्क वा बैङ्कबाट नियुक्त भएको अधिकारीलाई उपलब्ध गराउनु पर्नेछ।

२) दफा ८६ग. को उपदफा (१) को खण्ड (ण) बमोजिम बैङ्कले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई आफ्नो नियन्त्रणमा लिने आदेश दिएकोमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालन गर्न नियुक्त अधिकारीले बैङ्कले दिएको आदेशको परिधिभित्र रही सो आदेश उपर बैङ्कले अन्यथा निर्णय नगरेसम्म त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति तथा कारोबार आफ्नो नियन्त्रणमा लिई सोको सञ्चालन त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको नामबाट गर्नु पर्नेछ।

३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले आफ्नो नियन्त्रणमा लिएको कुनै पनि वाणिज्य बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालन गर्न नियुक्त अधिकारीले त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्था, सोको सञ्चालक समिति, शेयरधनी वा व्यवस्थापकलाई प्रचलित कानून, त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीले प्रदान गरेको सम्पूर्ण अधिकार आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछ र त्यस्तो अधिकारीले त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको साधारण सभा वा विशेष साधारण सभाले गर्ने काम वा अन्य कुनै प्रकारले प्रयोग गर्न पाउने अधिकारको समते प्रयोग गर्न सक्नेछ।

४) कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको बैङ्कको आदेश बहाल रहेसम्म दफा ८६ग. को उपदफा (१) को खण्ड (ढ) बमोजिम हटाइएका सञ्चालक, व्यवस्थापक वा कर्मचारी तथा खण्ड (ण) बमोजिम निलम्बन गरिएको सञ्चालक समितिको सदस्यलाई त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापन तथा सञ्चालन गर्न बैङ्कबाट नियुक्त अधिकारीले लिखित स्वीकृति नदिएसम्म समस्याग्रस्त रहेको अवधिभर त्यस्ता सञ्चालक, व्यवस्थापक वा कर्मचारीले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको व्यवस्थापनमा संलग्न हुन वा कुनै प्रकारको पारिश्रमिक वा सुविधा लिन पाउने छैन।

Share this Law

दफा ८६घः बैङ्कले वाणिज्य बैङ्क वा वित्तीय संस्था नियन्त्रणमा लिएपछिको असर

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.