दफा ८६खः वाणिज्य बैङ्क वा वित्तीय संस्था समस्याग्रस्त भएको मानिने

Estimated reading: 1 minute 329 views

*दफा ८६क. बमोजिमको जानकारी बैङ्कले प्राप्त गरेकोमा वा दफा ८४ बमोजिमको निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदनबाट वा अन्य कुनै पनि तवरबाट कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामा देहायको कुनै अवस्था विद्यमान रहेको कुरामा बैङ्क विश्वस्त भएमा बैङ्कले त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई लिखित सूचना दिई समस्याग्रस्त भएको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको रुपमा घोषणा गर्नेछः-

(क) निक्षेपकर्ता, शेयरधनी, साहू वा सर्वसाधारणको हित विपरीत हुने गरी कुनै कार्य गरेको देखिएमा,

(ख) आफूले पूरा गर्नुपर्ने वित्तीय दायित्व पूरा नगरेमा वा गर्न सक्ने सम्भावना नभएमा वा भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न नसकेमा,

(ग) दामासाहीमा परेको वा पर्न लागेको वा उल्लेखनीय रुपमा आर्थिक कठिनाई भोगिरहेको भएमा,

(घ) यस ऐन, वाणिज्य बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून, अन्य प्रचलित कानून, इजाजतपत्र प्रदान गर्दा तोकिएका शर्त वा बैङ्कको नियमन, निर्देशन वा आदेशको अवज्ञा वा उल्लंघन गरेको देखिएमा,

(ङ) झुट्टा, जालसाज, गलत कागजात वा तथ्य पेश गरी इजाजतपत्र प्राप्त गरेको देखिन आएमा,

(च) यस ऐन, वाणिज्य बैङ्क तथा वित्तीय संस्था सम्बन्धी प्रचलित कानून तथा बैङ्कले समय-समयमा दिएको निर्देशन बमोजिमको न्यूनतम पूँजी कोष कायम गर्न नसकेमा,

(छ) प्रचलित कानून बमोजिम कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको खारेजी (लिक्विडेशन) वा फरफारख वा दामासाही सम्बन्धी कानूनी कारबाही अघि बढाइएको भएमा,

(ज) स्वेच्छिक खारेजीको कारबाही शुरु भएकोमा त्यस्तो कारबाही पूरा गर्न अनुचित ढिलाई भएकोमा,

(झ) कुनै विदेशी वाणिज्य बैङ्क वा वित्तीय संस्थाको संलग्नतामा स्थापना भएको वाणिज्य बैङ्क वा वित्तीय संस्था भएमा त्यस्तो विदेशी वाणिज्य बैङ्क वा वित्तीय संस्था दामासाहीमा वा खारेजीमा परेमा वा खारेजीमा परी लिक्विडेटर नियुक्त भएमा वा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको बैङ्किङ्ग कारोबार गर्ने इजाजतपत्र सम्बन्धित मुलुकको कानून बमोजिम खारेज भएमा वा कारोबारमा आंशिक वा पूर्णरुपले प्रतिबन्ध लागेमा वा त्यस्ता वाणिज्य बैङ्क वा वित्तीय संस्थासँग सम्मिलित भई बैङ्किङ्ग कारोबार सञ्चालन गरेको देखिएमा, वा

(ञ) वाणिज्य बैङ्क वा वित्तीय संस्थाले आफूले गर्नुपर्ने भुक्तानी वा पूरा गर्नुपर्ने दायित्व वा काम कर्तव्यमा प्रतिकूल असर पार्ने अवस्था विद्यमान भएको कुरामा बैङ्क विश्वस्त भएमा।

*पहिलो संशोधनद्वारा थप।

Share this Law

दफा ८६खः वाणिज्य बैङ्क वा वित्तीय संस्था समस्याग्रस्त भएको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.