परिच्छेद ९क फरफारख सम्बन्धी व्यवस्था

दफा ८८णः खारेजीको लागि निवेदन दिन सक्ने

Estimated reading: 0 minutes 49 views

१) बैङ्कले कुनै पनि वाणिज्य बैङ्क वा वित्तीय संस्थाका सम्बन्धमा शुरु गरेको फरफारखको प्रक्रिया समाप्त भएमा वा अन्य कुनै कारणले सो प्रक्रिया सम्पन्न नहुँदै सो सम्बन्धमा विशेष प्रशासन समूहले दिएको सुझाव वा अन्य आधारमा समेत त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्था राम्रोसँग सञ्चालन हुन नसक्ने भन्ने कुरामा बैङ्क विश्वस्त भएमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई खारेज गर्नका लागि अदालत समक्ष निवेदन दिन सक्नेछ।

२) उपदफा (१) बमोजिम बैङ्कले खारेजीको लागि निवेदन दिएकोमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको खारेजीको सम्बन्धमा दामासाही सम्बन्धी ऐन, २०६३ को दफा १० को उपदफा (३) र दफा १३ लागू हुने छैन।

३) उपदफा (१) बमोजिम बैङ्कले निवेदन दिएकोमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्था खारेजीको लागि अदालतले लिक्विडेटर नियुक्त गर्ने आदेश दिन सक्नेछ।

Share this Law

दफा ८८णः खारेजीको लागि निवेदन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.