दफा ८८ढः पारस्परिक सहयोगको आदान प्रदान गर्ने

Estimated reading: 0 minutes 322 views

१) विशेष प्रशासन समूहले बैङ्कको पूर्व स्वीकृति लिई कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारखको प्रक्रिया अगाडि बढाउने सिलसिलामा विदेशी मुलुकको सम्बन्धित निकायसँग आवश्यकता अनुसार सहयोगका लागि अनुरोध गर्न सक्नेछ ।

२) विशेष प्रशासन समूहले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारखको प्रक्रियाका सम्बन्धमा बैङ्कको पूर्व स्वीकृति लिई अर्को मुलुकमा भइरहेको कारबाहीलाई पारस्परिकताको आधारमा सहयोग गर्न वा अर्को मुलुकको अधिकार प्राप्त निकायले गरिरहेको काम कारबाहीलाई मान्यता प्रदान गर्ने गरी आवश्यक कारबाही अगाडि बढाउन सक्नेछ। यस्तो सहयोग गर्दा वा काम कारबाहीलाई मान्यता दान गर्दा दाबीकर्ताहरुलाई समान व्यवहार गर्नु पर्नेछ।

३) गोपनीयता कायम गर्नुपर्ने तथा संवेदनशील तथ्याङ्कहरुको सुरक्षा गर्नुपर्ने अवस्थामा बाहेक विशेष प्रशासन समूहले फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको लेना असूली, फरफारख योजना आदिका विषयमा बैङ्कको पूर्व स्वीकृति लिई विदेशी मुलुकको सम्बन्धित निकायसँग सूचना आदान प्रदान गर्न सक्नेछ।

४) नेपालमा स्थापित भई विदेशमा समेत शाखा वा कार्यालय रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्था वा विदेशी मुलुकमा स्थापना भई नेपालमा शाखा वा कार्यालय रहेको कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारखका सम्बन्धमा बैङ्क तथा निक्षेप बीमा सुरक्षण गर्ने संस्थाले समेत एक आपसमा समन्वय र सहयोग आदान प्रदान गर्न सक्नेछन् ।

५) बैङ्क तथा निक्षेप बिमा सुरक्षण गर्ने संस्थाले विदेशी मुलुकका सम्बन्धित निकायले गरिरहेको फरफारख तथा सोको योजनाका सम्बन्धमा आपसी सम्झौता गरी फरफारखमा परेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्बन्धमा प्रभाव पार्ने कुनै घटना वा समस्याको बारेमा जानकारी वा सहयोग माग गरेकोमा त्यस्तो जानकारी वा सहयोग आदान प्रदान गर्न सक्नेछन्।

६) यस दफा बमोजिम मुलुकको केन्द्रीय बैङ्क, वाणिज्य बैङ्क वा वित्तीय संस्था वा निक्षेप बीमा सुरक्षण गर्ने संस्थासँग कुनै सहयोग लिनु पर्दा वा समन्वय गर्नु पर्दा सरकारी स्तरबाटै त्यस्तो सहयोग तथा समन्वय आवश्यक परेमा सो सम्बन्धमा आवश्यक व्यवस्था सिफारिस गर्नेछ।

Share this Law

दफा ८८ढः पारस्परिक सहयोगको आदान प्रदान गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.