दफा ८८जः पुल संस्था (ब्रीज इन्ष्टिच्युसन) वा एकाइ स्थापना गर्न सकिने

Estimated reading: 1 minute 325 views

१) दफा ८८ग. को उपदफा (२) को खण्ड (ख) बमोजिम पुल संस्था वा एकाइ वा स्थापना  गरी वा तोकी फरफारख सम्बन्धी कार्य सञ्चालन गर्न उपयुक्त हुने देखिएमा विशेष प्रशासन समूहले बैङ्क समक्ष अनुरोध गर्न सक्नेछ । त्यस्तो अनुरोध मनासिब देखिएमा बैङ्कले त्यस्तो पुल संस्था वा एकाइ स्थापना गरी वा तोकी फरफारख सम्बन्धी कार्य गर्न अनुमति दिन सक्नेछ ।

२) उपदफा (१) बमोजिम स्थापित संस्था वा एकाइलाई सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको अधिकार, दायित्व, सम्पत्ति तथा त्यस्तो संस्थाले प्राप्त गरेको कुनै भुक्तानी, संशोधन वा फर्स्यौट प्रणालीको सदस्यता समेत रहेको मानिनेछ ।

३) उपदफा (१) बमोजिम स्थापित संस्था वा एकाइका शेयरधनी, साहु वा कुनै अन्य व्यक्तिलाई सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति वा अधिकारमा कुनै किसिमको अधिकार हुने छैन।

४) पुल संस्था एकाइको काम, कर्तव्य र अधिकार तथा त्यस्तो संस्था वा एकाइका पदाधिकारीले पाउने पारिश्रमिक र सुविधा बैङ्कले तोके बमोजिम हुनेछ ।

५) पुल संस्था वा एकाइ वा अन्य कुनै संस्थामा सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति तथा दायित्व हस्तान्तरण गर्नका लागि देहायको कुनै कुरा आवश्यक पर्ने छैनः-

(क) साहु वा कुनै सम्बद्ध पक्षको सहमति लिन,

(ख) प्रचलित कम्पनी तथा धितोपत्र सम्बन्धी कानूनले तोकेको प्रक्रिया पूरा गर्न, वा

(ग) सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्था पक्ष रहेको कुनै करारमा तोकिएको प्रक्रिया पूरा गर्न।

Share this Law

दफा ८८जः पुल संस्था (ब्रीज इन्ष्टिच्युसन) वा एकाइ स्थापना गर्न सकिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.