दफा ८८छः वाणिज्य बैङ्क वा वित्तीय संस्थाको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्ने

Estimated reading: 0 minutes 280 views

१) यस परिच्छेद बमोजिम कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्बन्धमा शुरु भएको फरफारखको प्रक्रिया सम्पन्न गर्दा समग्र वित्तीय स्थायित्व वा प्रणालीमा नकारात्मक असरपर्ने देखिएमा विशेष प्रशासन समूहले सोही व्यहोरा उल्लेख गरी सो अवस्था सिर्जना हुन नदिनका लागि त्यस्तो संस्थाको सम्पत्ति तथा दायित्वको अवस्था समेत समावेश गरी भविष्यमा चाल्नुपर्ने कदम सहितको प्रतिवेदन तयार गरी बैङ्क समक्ष पेश गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त भएपछि बैङ्कले त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारख गर्दा समग्र वित्तीय स्थायित्व वा प्रणालीमा नकारात्मक असरपर्ने देखिन आएमा र नेपाल सरकारले त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थामा लगानी गरेमा वित्तीय स्थिति सुधार हुन सक्ने अवस्था देखिएमा बैङ्कले आफ्नो राय सहित सोही व्यहोरा नेपाल सरकार समक्ष सिफारिस गर्नेछ।

३) उपदफा (२) बमोजिम बैङ्कको सिफारिसमा नेपाल सरकारले कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थामा लगानी गरी त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको वित्तीय स्थिति सुधार भएमा सुधार भएको मितिले बढीमा पाँच वर्षभित्र बोलकबोलको माध्यमद्वारा नेपाल सरकारले आफ्नो लगानी भएको रकम निजी क्षेत्रलाई बिक्री गरी उठाउनु पर्नेछ।

Share this Law

दफा ८८छः वाणिज्य बैङ्क वा वित्तीय संस्थाको वित्तीय स्थिति सुधारको लागि सिफारिस गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.