दफा ८८खः विशेष प्रशासन समूहको गठन सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 291 views

१) दफा ८८क. बमोजिम कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको फरफारखको कार्य अगाडि बढाउने निर्णय भएमा बैङ्कले सो प्रयोजनका लागि तोकिए बमोजिमको योग्यता पुगेका व्यक्तिहरु मध्येबाट बढीमा तीन जना व्यक्ति रहेको विशेष प्रशासन समूह गठन गरी सो मार्फत सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थालाई आफ्नो नियन्त्रणमा लिई फरफारखको कार्य अगाडि बढाउन सक्नेछ ।

२) बैङ्कले विशेष प्रशासन समूहका सबै वा कुनै सदस्यको काम सन्तोषजनक नभएमा निजलाई तोकिए बमोजिम पदमुक्त गर्न सक्नेछ।

३) उपदफा (२) बमोजिम पदमुक्त गर्नु अघि निजलाई मनासिब माफिकको समय दिई सुनुवाइको मौका दिनु पर्नेछ ।

४) बैङ्कले फरफारख सम्बन्धी कार्य सम्पन्न नहुँदै विशेष प्रशासन समूहका सदस्यलाई पदमुक्त गरेमा सो स्थानमा तोकिए बमोजिमको योग्यता पुगेका व्यक्तिलाई बाँकी अवधिका लागि नियुक्त गर्न सक्नेछ।

५) विशेष प्रशासन समूहका सदस्यको पारिश्रमिक कार्य सम्पादनसँग आबद्ध हुने गरी तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ८८खः विशेष प्रशासन समूहको गठन सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.