परिच्छेद ६ मौद्रिक एकाई, बैङ्क नोट र सिक्का

दफा ६१: प्रतिलिपि र जाली मुद्रा

Estimated reading: 0 minutes 58 views

१) कसैले पनि देहाय बमोजिमको कुनै काम कुरा गर्न, गराउन हुँदैन;

(क) नेपालभित्र चलनचल्तीमा रहेका कानूनी ग्राह्य बैङ्क नोट तथा सिक्का वा चेक वा भुक्तानी कार्डको जालसाजी वा कीर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नक्कली मुद्रा बनाउन वा सो को प्रतिलिपि बनाउन वा सो सम्बन्धी कुनै कार्य गर्न वा त्यस्तो कुनै कार्यमा सघाउ पुर्‍याउन, वा

(ख) बैङ्क नोट वा सिक्का, चेक वा भुक्तानी कार्ड, नक्कली, झुत्रा, कीर्ते वा जालसाजी गरी वा रुप फेरेर बनाएको हो भन्ने थाहा पाई पाई पनि त्यस्ता बैङ्क नोट वा सिक्का वा चेक वा भुक्तानी कार्ड कसैले आफूसँग राख्ने, ओसार पसार गर्न वा जारी गर्न वा त्यस्तो पुर्‍याउन, वा

(ग) बैङ्क नोट वा सिक्का, चेक वा भुक्तानी कार्ड, नक्कली, झुट्टा, कीर्ते वा जालसाजी वा रुप फेरेर बनाउनका लागि प्रयोग हुँदैछ भन्ने जानी जानी कुनै धातुको पाता, ढुङ्गा, कागज, डाई वा अन्य कुनै वस्तु वा पदार्थ कसैले आफ्नो साथमा राख्ने, उत्पादन गर्न वा ओसार पसार गर्न वा त्यस्तो कुनै कार्यमा सघाउ पुर्‍याउन।

२) नेपाली रुपैयाँमा अङ्कित मूल्यको बैङ्क नोट, सिक्का, चेक वा भुक्तानी कार्डको प्रतिलिपि उतार गर्दा र कुनै वस्तुको सृजना गर्दा त्यस्तो वस्तुको बनावट कुनै किसिमबाट बैङ्क नोट, सिक्का, चेक वा भुक्तानी कार्डसित मिल्न जाने भएमा सो गर्नु भन्दा पहिले बैङ्कको पूर्व स्वीकृति लिनु पर्नेछ

३) बैङ्कले जाली नोट वा खोटो सिक्का वा नक्कली चेक वा भुक्तानी कार्डको निष्कासन रोक्ने सम्बन्धमा आवश्यक कदम चाल्न सक्नेछ। यस्तो कदम चाल्दा बैङ्कले आवश्यक आदेश, निर्देशन वा सूचना जारी गर्न सक्नेछ।

Share this Law

दफा ६१: प्रतिलिपि र जाली मुद्रा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.