दफा ५२ः बैङ्क नोट र सिक्का निष्कासन गर्ने अधिकार

Estimated reading: 1 minute 360 views

१) बैङ्कलाई नेपालभित्र बैङ्क नोट तथा सिक्का निष्कासन गर्ने एकाधिकार हुनेछ । यस्तो नोट तथा सिक्का नेपालमा कानूनी ग्राह्य हुनेछ ।

२) उपदफा (१) बमोजिम बैङ्कले नोट निष्कासन गर्दा सुरक्षण राखेर मात्र निष्कासन गर्नेछ र यस्तो निष्कासित नोटको दायित्व सुरक्षण बापत राखिएको सम्पत्तिको मूल्य बराबर हुनेछ। सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम पचास प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमेय अधिकारपत्रमध्ये एक वा एक भन्दा बढीमा र अरु बाँकी प्रतिशत सिक्का (मोहर, डबल र सो भन्दा बढी दरको), नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र बैङ्कबाट पुनः भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्रमध्ये एक वा एक भन्दा बढीमा राखिनेछ ।

तर नेपाल सरकारले स्वीकृति दिएमा सुरक्षण बापत राखिने सम्पत्तिको कमसेकम चालीस प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी धितोपत्र र विदेशी विनिमेय अधिकारपत्रमध्ये एक वा एक भन्दा बढीमा र अरु बाँकी प्रतिशत नेपाली सिक्का (मोहर, डबलर र सो भन्दा बढी दरको), नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र र बैङ्कबाट पुनः भुक्तानी दिएको बढीमा अठार महिनाभित्र नेपालमा नै भुक्तानी हुने प्रतिज्ञापत्र वा विनिमयपत्रमध्ये एक वा एकभन्दा बढीमा पनि राख सकिनेछ ।

३) उपदफा (२) को प्रयोजनको लागि सम्पत्तिको मूल्याङ्कन देहाय बमोजिम गरिनेछः-

(क) सुनको मूल्य समितिको सिफारिसमा नेपाल सरकारले निर्धारित गरिदिए बमोजिमको दरमा।

(ख) चाँदीको मूल्य समितिले मनासिब ठहर्‍याएको दरमा।

(ग) विदेशी मुद्रा बैङ्कद्वारा निर्धारित विनिमय दरमा।

(घ) नेपाल सरकारले निष्कासन गरेको ऋणपत्र, विदेशी धितोपत्र र विनिमेय अधिकारपत्र बजार दर हेरी समितिले मनासिब ठहराएको दरमा।

(ङ) सिक्का अङ्कित दर (फेस भेल्यु) मा।

४) बैङ्कले आवश्यकता अनुसार विभिन्न दरका बैङ्क नोट निष्कासन गर्नेछ। यसरी बैङ्क नोट निष्कासन गर्दा नोटमा देखिने चित्र, आकार र दर नेपाल सरकारको स्वीकृतिमा र नोटमा नदेखिने चित्र, आन्तरिक सुरक्षाको व्यवस्था, बैङ्क नोट छपाई गर्ने वस्तु तथा अन्य पदार्थ समितिले निर्णय गरे बमोजिम हुनेछ।

५) समितिको राय लिई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी जुनसुकै दरको बैङ्क नोट कुनै तोकिएको ठाउँ वा अड्डामा बाहेक अन्यत्र नचल्ने गराउन सक्नेछ।

६) च्यातिएको, मेटिएको अथवा झुत्रिएको नोट बैङ्कले पुनः निष्कासन गर्ने छैन।

७) बैङ्कले नेपाल सरकारको स्वीकृति लिई जुनसुकै मूल्य, नाप, तौल, शुद्धता, डिजाइन र धातुको वा मिश्रण भएको धातुको सिक्का चलन चल्तीको निमित्त वा विशेष अवसरमा टक्सारमा टक्मरी गराई चलन चल्तीमा ल्याउन सक्नेछ। बैङ्कले आवश्यक देखेमा यस्तो सिक्का कुनै विदेशी टक्सारमा समेत टकमरी गराउन सक्नेछ।

तर एक पटक स्वीकृति लिई टकमरी गराई सकेको सिक्कालाई पुनः टकमरी गराउन परेमा नेपाल सरकारको स्वीकृति लिनु पर्ने छैन।

८) बैङ्कले नेपाल सरकारको स्वीकृति लिई कुनै विदेशी सरकारले टकमरी गराउन पठाएको सिक्का टकमरी गर्न सक्नेछ।

९) बैङ्क स्थापना हुनुभन्दा अगाडि नेपाल सरकारबाट निष्कासन भएका नोट र बैङ्कबाट निष्कासन भएका बैङ्क नोटको तिरोभरो गर्ने जवाफदेही बैङ्कको हुनेछ।

१०) बैङ्क नोट निष्कासन बापत सुरक्षणमा रहेको सम्पत्तिबाट उपदफा (९) बमोजिमको दायित्व बाहेक अरु दायित्व पूरा गरिने छैन।

Share this Law

दफा ५२ः बैङ्क नोट र सिक्का निष्कासन गर्ने अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.