दफा ४९ः वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई कर्जा तथा पुनर्कजा

Estimated reading: 1 minute 302 views

१) बैङ्कले आफूले निर्धारण गरेको शर्त तथा प्रक्रियाको अधीनमा रही वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई बढीमा एक वर्षको लागि देहायको जायजेथाको सुरक्षणमा कर्जा तथा पुनर्कर्जा प्रदान गर्न सक्नेछः-

(क) दफा ६६ को उपदफा (१) को खण्ड (ङ) मा उल्लेख भए बमोजिमको अन्तर्राष्ट्रिय विनिमेय अधिकारपत्र,

(ख) नेपाल भित्र भुक्तान हुने गरी नेपाल सरकारबाट जारी भएको ऋणपत्र,

(ग) बैङ्कमा जम्मा रहेको निक्षेप वा यस ऐन अन्तर्गत बैङ्कले कारोबार गर्न सक्ने सुन तथा बहुमूल्य धातु,

(घ) दफा ४८ को उपदफा (१) बमोजिमका विनिमयपत्र वा प्रतिज्ञापत्र, र

(ङ) तोकिए बमोजिमका अन्य सुरक्षणपत्रहरु।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले सर्वसाधारणको हित र कल्याणका लागि कर्जा प्रवाह गर्न उपयुक्त देखी बैङ्कलाई अनुरोध गरेको खण्डमा र त्यस्तो कर्जाको नेपाल सरकारले प्रचलित बजार दरको सुरक्षणपत्रको ग्यारेन्टी दिएमा वा अन्तिम ऋणदाताको रुपमा कार्य गर्नु पर्दा बैङ्कले असाधारण अवस्थामा बढीमा एक वर्षसम्मका लागि वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई कुनै पनि किसिमको कर्जा प्रवाह गर्न सक्नेछ।

*३) उपदफा (१) वा (२) बमोजिम प्रदान गरिएको कर्जा तोकिए बमोजिमका शर्तहरुको अधीनमा रही थप एक वर्षका लागि नवीकरण गर्न सकिनेछ।

* दोस्रो संशोधनद्वारा थप।

Share this Law

दफा ४९ः वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई कर्जा तथा पुनर्कजा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.