परिच्छेद ५ मौद्रिक कार्य र खुला बजार सञ्चालन

दफा ४८ः डिस्काउण्ट कारोबार

Estimated reading: 1 minute 45 views

१) बैङ्कले आफूसँग खाता रहेका वाणिज्य बैङ्क तथा वित्तीय संस्थाले पेश गरेका देहायका विनिमेय अधिकारपत्रमा डिस्काउण्ट कारोबार गर्न सक्नेछः-

(क) नेपालमा ६ महिनाभित्र भुक्तानी हुने गरी वाणिज्य बैङ्क सहित कम्तीमा दुई पक्षको हस्ताक्षर भएको प्रतिज्ञापत्र वा विनिमयपत्र।

(ख) बैङ्कले प्राप्त गरेको मितिले ६ महिनाभित्र भुक्तानी हुने नेपाल सरकार वा बैङ्कले निष्कासन गरेको नेपालभित्र भुक्तानी हुने ऋणपत्र।

२) डिस्काउण्ट कारोबार गर्दा लागू हुने डिस्काउण्ट दर, शर्त र प्रक्रिया बैङ्कले तोके बमोजिम हुनेछ।

Share this Law

दफा ४८ः डिस्काउण्ट कारोबार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.