दफा ३५ः लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 323 views

१) लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) बैङ्कको लेखा, बजेट तथा लेखापरीक्षण कार्यविधि र नियन्त्रण व्यवस्थाका सम्बन्धमा आफ्नो प्रतिवेदन तथा सुझाव समितिमा पेश गर्ने।

(ख) बैङ्कको आवधिक वासलात तथा अन्य कागजातको लेखापरीक्षण र त्यस्ता कागजात ठीकसँग तैयार भए नभएको बारे यकिन गर्ने।

(ग) बैङ्कले अपनाएको उपयुक्त जोखिम कार्यान्वयनको सुपरिवेक्षण गर्ने।

(घ) बैङ्कमा लागू भएको प्रचलित कानून पूर्ण रुपमा पालना भएको छ भनी विश्वस्त हुन बैङ्कको प्रशासन र सञ्चालनको नियमित व्यवस्थापकीय तथा कार्य सम्पादनको लेखापरीक्षण गर्ने।

(ङ) प्रचलित कानून तथा अन्तर्राष्ट्रिय लेखा मापदण्ड अनुरुप बैङ्कको लेखापरीक्षण कार्यको निमित्त विनियम बनाई स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने।

२) लेखापरीक्षण समितिले उपदफा (१) को खण्ड (क) बमोजिम प्रतिवेदन तथा सुझाव समितिमा पेश गर्दा सोको जानकारी गभर्नरलाई दिनु पर्नेछ ।

Share this Law

दफा ३५ः लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.