दफा ३२ः निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज

Estimated reading: 0 minutes 321 views

१) गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको पदमा नियुक्त भईसकेपछि प्रत्येक छ महिनामा गभर्नर, डेपुटी गभर्नर र सञ्चालकले आफ्नो वा आफ्नो परिवारका सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै व्यापारिक स्वार्थ छ भने सो विषयमा समितिलाई तोकिए बमोजिम जानकारी दिनु पर्नेछ।

२) गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर समितिमा छलफल हुने रहेछ भने सो छलफल सुरु हुनुभन्दा अगावै निजले सो बारेमा समितिलाई जानकारी दिनु पर्नेछ। सो छलफलमा त्यस्तो सञ्चालकले भाग लिन पाउने छैन।

*३) ………………………..

४) गभर्नर तथा डेपुटी गभर्नरले पदमा नियुक्त भएको र पदमुक्त भएको मितिले एक महिनाभित्र आफ्नो एकाघर परिवारको सम्पत्ति विवरण सार्वजनिक गर्नु पर्नेछ।

* दोस्रो संशोधनद्वारा झिकिएको।

Share this Law

दफा ३२ः निहित व्यक्तिगत स्वार्थको उपयोगमा बन्देज

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.