दफा ३०ः गभर्नरको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 247 views

१) गभर्नरको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने।

(ख) बैङ्कको सञ्चालन तथा व्यवस्थापन गर्ने।

(ग) बैङ्कले गर्नुपर्ने कार्यहरु व्यवस्थित गर्ने।

(घ) अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैङ्कको तर्फबाट प्रतिनिधित्व गर्ने, गराउने।

(ङ) मौद्रिक तथा विदेशी विनिमय सम्बन्धी नीति कार्यान्वयन गर्ने, गराउने।

(च) वाणिज्य बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने।

(छ) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याज दर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने।

(ज) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने तरलता सम्बन्धी नीति निर्माण गर्ने।

(झ) वाणिज्य बैङ्क तथा वित्तीय संस्था संस्थाहरुले राख्नुपर्ने अनिवार्य मौज्दातको आधार, रकम, तरिका, शर्त, समयावधि तथा सोको प्रयोगका बारे आवश्यक व्यवस्था गर्ने।

(ञ) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको पूँजी कोषको पर्याप्तता सम्बन्धी शर्त निर्धारण गर्ने।

(ट) सुन तथा अन्य बहुमूल्य धातुको खरिद बिक्री गर्दा अपनाउनुपर्ने प्रक्रिया र शर्तको सम्बन्धमा निर्णय गर्ने।

(ठ) बैङ्कले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने।

(ड) आवश्यकता अनुरुप बैङ्कका शाखा कार्यालय तथा अन्य कार्यालय स्थापना र बन्द गर्ने निर्णय गर्ने।

(ढ) बैङ्कको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने।

(ण) बैङ्कको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने।

(त) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको सुपरिवेक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने।

(थ) वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई प्रदान गरिएको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा निर्णय गर्ने।

(द) सञ्चालक समितिद्वारा प्रत्यायोजित अधिकारको अधीनमा रही अन्य विषयमा निर्णय गर्ने।

२) अन्तर्राष्ट्रिय मान्यता अनुरुप केन्द्रीय बैङ्कका गभर्नरले प्रयोग गर्नुपर्ने अधिकार गभर्नरमा अन्तर्निहित हुनेछ।

Share this Law

दफा ३०ः गभर्नरको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.