दफा २३ः जाँचबुझ समितिको गठन तथा काम, कर्तव्य

Estimated reading: 1 minute 293 views

१) नेपाल सरकारले दफा २२ को उपदफा (२) बमोजिम गभर्नरलाई पदमुक्त गर्नु अघि देहाय बमोजिमको जाँचबुझ समिति गठन गरी सो समितिको सिफारिसमा गर्भनरलाई पदमुक्त गर्नेछः-

(क) सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायाधीश मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति अध्यक्ष
(ख) आर्थिक, मौद्रिक, बैङ्किङ्ग, वित्तीय, वाणिज्य तथा व्यवस्थापन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट नेपाल सरकारले तोकेको दुईजना व्यक्ति सदस्य

२) जाँचबुझ समितिले जाँचबुझ गरी आफ्नो राय ठहर सहितको सिफारिस नेपाल सरकार समक्ष पेश गर्नु भन्दा अघि सम्बन्धित व्यक्तिसँग बयान लिन वा सोधपुछ गर्न सक्नेछ ।

३) जाँचबुझ समितिले जाँचबुझको सिलसिलामा अपनाउनुपर्ने कार्यविधि आफैले निर्धारण गर्न सक्नेछ।

४) जाँचबुझ समितिले राय ठहर सहितको आफ्नो सिफारिस एक महिनाभित्र नेपाल सरकार समक्ष पेश गर्नु पर्नेछ।

Share this Law

दफा २३ः जाँचबुझ समितिको गठन तथा काम, कर्तव्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.