दफा २०ः सञ्चालकको योग्यता

Estimated reading: 1 minute 311 views

गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्ति हुनको लागि देहाय बमोजिम योग्यता पुगेको व्यक्ति हुनु पर्नेछः-

(क) नेपालको नागरिक भएको,

(ख) उच्च नैतिक चरित्र भएको,

(ग) आर्थिक, मौद्रिक, बैङ्किङ्ग, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्क शास्त्र, गणित *वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैङ्किङ्ग, वित्तीय *वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनुभव हासिल गरेको,

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “कार्य अनुभव” भन्नाले नेपाल सरकार वा बैङ्कको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ।

(घ) दफा २१ बमोजिम अयोग्य नभएको ।

* पहिलो संशोधनद्वारा संशोधित ।

Share this Law

दफा २०ः सञ्चालकको योग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.