परिच्छेद २ स्थापना उद्देश्य तथा काम, कर्तव्य र अधिकार

दफा ६: बैङ्कको अग्राधिकार

Estimated reading: 0 minutes 50 views

१) बैङ्कले ऋणीलाई प्रदान गरेको कर्जा वा अन्य कुनै पनि किसिमको बैङ्कको दाबी ऋणीबाट कर्जा असूल उपर गर्ने प्रयोजनको लागि त्यस्तो ऋणीको बैङ्कमा रहेको खाता वा अन्य कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाको खातामा जम्मा रहेको नगद वा त्यस्तो ऋणीको नाममा रहेको अन्य कुनै पनि किसिमको चल अचल सम्पत्ति उपर दाबी सुरक्षित गर्ने बैङ्कको अग्राधिकार हुनेछ।

२) उपदफा (१) बमोजिम बैङ्कको अग्राधिकार रहने नगद वा चल अचल सम्पत्तिलाई बैङ्कले आफ्नो कब्जामा लिई तोकिए बमोजिम बिक्री गरी सोबाट आएको रकमबाट आफ्नो कर्जा असूल उपर गर्नेछ।

Share this Law

दफा ६: बैङ्कको अग्राधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.