दफा ५: बैङ्कको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 364 views

१) दफा ४ बमोजिमको उद्देश्य हासिल गर्नको निमित्त बैङ्कको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) बैङ्क नोट तथा सिक्का निष्कासन गर्ने,

(ख) मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यान्वयन गर्ने, गराउने,

(ग) विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने, गराउने,

(घ) विनिमय दर पद्धति निर्धारण गर्ने,

(ङ) विदेशी विनिमय सञ्चितिको व्यवस्थापन र सञ्चालन गर्ने,

(च) वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,

*(च१) बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाको नियमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धमा निर्देशन तथा मापदण्ड जारी गर्ने,

*(च२) पचास करोड रुपैयाँभन्दा बढी शेयर पुँजी भएको वा सो रकम बराबरको वार्षिक कारोबार गर्ने सहकारी संस्थाको वित्तीय सुशासन तथा जोखिमको आधारमा सहकारी विभागको अनुरोधमा सहकारी सम्बन्धी प्रचलित कानूनको समेत अधिकार प्रयोग गरी नियमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने,

(छ) नेपाल सरकारको बैङ्कर, सल्लाहकार तथा वित्तीय एजेन्टको रुपमा कार्य गर्ने,

(ज) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको बैङ्क तथा अन्तिम ऋणदाताको रुपमा कार्य गर्ने,

(झ) भुक्तानी, फर्स्यौट (क्लियरिङ्ग) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवर्द्धन गरी सो कार्यलाई नियमित गर्ने, र

*(झ१) तरलता व्यवस्थापनको निमित्त आवश्यक उपकरणको माध्यमद्वारा खुला बजार कारोबार सञ्चालन गर्ने,

(ञ) यस ऐन बमोजिम बैङ्कको उद्देश्य हासिल गर्नको निमित्त बैङ्कले गर्नुपर्ने अन्य आवश्यक कार्यहरु कार्यान्वयन गर्ने, गराउने ।

२) बैङ्कलाई यस ऐन वा अन्य प्रचलित कानुनद्वारा प्रदान गरिएको अधिकारको प्रयोग गर्दा आवश्यक पर्ने अन्य काम, कारबाही समेत गर्ने अधिकार हुनेछ ।

३) बैङ्कले यस ऐन अन्तर्गत प्राप्त गरेको अधिकारको अतिक्रमण कसैबाट हुने छैन।

*सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने ऐन, २०८० द्वारा थप।

*दोस्रो संशोधनद्वारा थप।

Share this Law

दफा ५: बैङ्कको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.