परिच्छेद २ स्थापना उद्देश्य तथा काम, कर्तव्य र अधिकार

दफा ११ः अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध

Estimated reading: 0 minutes 35 views

१) बैङ्कले आफ्नो अधिकार क्षेत्रभित्र रहेका मौद्रिक नीति, विदेशी विनिमय नीति, शोधनान्तर, बैङ्क सुपरिवेक्षण तथा अन्य सम्बन्धित विषयहरुका सम्बन्धमा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरुमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

२) बैङ्कले विदेशी सरकार, विदेशी केन्द्रीय बैङ्क, विदेशी बैङ्क तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाहरुलाई बैङ्किङ्ग तथा भुक्तानी सेवा उपलब्ध गराउने र आफूले पनि तिनीहरुबाट त्यस्तै सुविधा प्राप्त गर्न सक्नेछ।

३) अन्तर्राष्ट्रिय मौद्रिक सहयोगको माध्यमबाट वित्तीय तथा आर्थिक स्थायित्व प्राप्त गर्न कार्यरत अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा बैङ्कले भाग लिनेछ ।

४) बैङ्कले नेपाल 2 को प्रतिनिधिको हैसियतले अन्तर्राष्ट्रिय सङ्घ, संस्थामा भाग लिँदा आफ्नो मुलुकको तर्फबाट बहन गर्नुपर्ने उत्तरदायित्व र सम्पन्न गर्नुपर्ने कार्यको जिम्मेवारी लिनेछ।

Share this Law

दफा ११ः अन्तर्राष्ट्रिय सहयोग तथा सम्बन्ध

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.