परिच्छेद ११ कसूर, दण्ड सजाय र कारबाही

दफा ९५: यस ऐन बमोजिम कसुर गरेको मानिने

Estimated reading: 1 minute 48 views

१) कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन विपरीत हुने गरी निक्षेप लिएमा वा कर्जा दिएमा वा डिबेन्चर वा अन्य वित्तीय उपकरण जारी गरेमा वा बैङ्कले निर्धारण गरेको नीति विपरीत ब्याज लिनु वा दिनु गरेमा वा विदेशी विनिमय कारोबार गरेमा वा त्यस्ता कार्यमा संलग्न भएमा *वा प्रचलित कानून बमोजिम बैङ्कबाट इजाजतपत्र लिनु पर्नेमा सो नलिई त्यस्तो कारोबार गरेमा वा परिच्छेद-९क. बमोजिमको फरफारखको प्रक्रियामा बाधा पुर्‍याएमा यस ऐन बमोजिम कसूर गरेको मानिनेछ।

२) उपदफा (१) मा लेखिएदेखि बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएको आदेश वा निर्देशन पालना नगरेमा समेत निजले यस ऐन बमोजिम कसूर गरेको मानिनेछ।

* दोस्रो संशोधनद्वारा थप।

Share this Law

दफा ९५: यस ऐन बमोजिम कसुर गरेको मानिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.