दफा २४: पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूको व्यवस्था गर्ने

Estimated reading: 0 minutes 32 views

१) परिषद्‌ले लेखा व्यवसायी वा लेखा प्राविधिज्ञ हुनको लागि चाहिने शैक्षिक स्तर, पाठ्यक्रम र पाठ्यपुस्तक निर्धारण गरी परीक्षा सञ्चालन गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिमको परीक्षाको व्यवस्था गर्दा परिषद्ले आवश्यक देखेमा नेपाल 2 भित्रका विश्वविद्यालय तथा अन्य देशका लेखा व्यवसायी सङ्घ, संस्था वा विशेषज्ञको सल्लाह र सहयोग समेत लिन सक्नेछ ।

३) उपदफा (१) बमोजिमको परीक्षा परिषद्‌ले आफैं वा स्वदेशी वा विदेशी विश्वविद्यालय वा अन्य संस्थाको सहयोग लिई सञ्चालन गर्न सक्नेछ ।

४) लेखा व्यवसायी वा लेखा प्राविधिज्ञ सम्बन्धी परीक्षामा सम्मिलित हुन आवश्यकपर्ने योग्यता तोकिए बमोजिम हुनेछ ।

५) परीक्षा सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए तोकिए बमोजिम हुनेछ ।

६) यस परिच्छेद बमोजिम संस्थाबाट सञ्चालन हुने अध्ययन तथा अध्यापन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा २४: पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूको व्यवस्था गर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.