दफा २२: नाम हटाउने र पुनः दर्ता गर्ने व्यवस्था

Estimated reading: 1 minute 159 views

१) देहायको कुनै अवस्थामा परिषद्‌ले सदस्यको नाम सदस्यता दर्ता किताबबाट हटाउने आदेश दिन सक्नेछः-

(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसूरदार ठहरी सजाय पाएमा,

(ख) संस्थालाई बुझाउनुपर्ने शुल्क नबुझाएमा,

(ग) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिमको पेशागत आचरण पालना नगरेमा,

(घ) मगज बिग्रेमा, वा

(ङ) मृत्यु भएमा ।

२) उपदफा (१) बमोजिम सदस्यताबाट नाम हटाइएको व्यक्तिले मनासिब माफिकको कारण देखाई पुनः सदस्यता प्राप्त गर्न दरखास्त दिएमा परिषद्ले तोकिए बमोजिमको दस्तुर लिई निजको नाम पुनः दर्ता गरी सदस्यता दिने निर्णय गर्न सक्नेछ ।

Share this Law

दफा २२: नाम हटाउने र पुनः दर्ता गर्ने व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.