दफा १९: नाम दर्ता गराउनु पर्ने

Estimated reading: 0 minutes 32 views

१) संस्थाको सदस्य हुन चाहने यस ऐन बमोजिम योग्यता पुगेको व्यक्तिले तोकिए बमोजिमको विवरणहरु खोली तोकिए बमोजिमको ढाँचामा संस्थामा दरखास्त दिनु पर्नेछ ।

२) उपदफा (१) बमोजिम संस्थाको सदस्यता प्राप्त गर्नको नाम दर्ता गर्न तोकिए बमोजिमको शुल्क बुझाउनु पर्नेछ ।

३) दफा १६ को उपदफा (३) बमोजिम सदस्यता प्राप्त गर्न योग्यता पुगेका व्यक्तिले आफ्नो नाम संस्थाको सदस्यतामा दर्ता गराउन चाहेमा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐनको दफा २९ र ४९ प्रारम्भ गरेको मितिले छ महिनाभित्र संस्थामा दरखास्त दिनु पर्नेछ । सो अवधिभित्र सदस्यताको लागि दरखास्त नदिने व्यक्तिले यो ऐन बमोजिम सदस्यता पाउने छैन ।

Share this Law

दफा १९: नाम दर्ता गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.