दफा ११: परिषदको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 202 views

परिषद्‌को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) लेखा व्यवसायमा प्रवेश गर्नेहरुको लागि परीक्षा सञ्चालन गर्ने ।

(ख) संस्थाको सदस्यता तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यमा नाम दर्ता गर्ने सम्बन्धी कार्यविधि निर्धारण गर्ने ।

(ग) निर्धारित योग्यता पुगेको व्यक्तिलाई दफा १६ बमोजिम उपयुक्त किसिमको सदस्यता प्रदान गर्ने।

(घ) उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी लेखा व्यवसायको समन्वयात्मक विकास गर्ने।

(ङ) लेखा व्यवसायको विकासको लागि दक्ष जनशक्तिको लागि चाहिने योग्यता निर्धारण गर्ने ।

(च) सदस्यता प्राप्त गर्न आवश्यक पर्ने योग्यता हासिल गर्नको लागि आवश्यक पाठ्यक्रम र व्यवहारिक तालीमको किसिम निर्धारण गर्ने ।

(छ) विश्वविद्यालय वा अन्य शैक्षिक संस्थाको सहयोगमा वा संस्था स्वयंले विभिन्न शिक्षण तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने ।

(ज) लेखा व्यवसाय गर्नको निमित्त सदस्यहरुलाई पेशागत प्रमाणपत्र दिने ।

(झ) सदस्यहरुलाई वृत्ति विकासका अवसरहरु प्रदान गरी

निजहरुको दक्षतामा अभिवृद्धि गराउने ।

(ञ) सदस्यको तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यको लागि तोकिएको व्यावसायिक आचार संहिता अनुरुप सदस्य वा पेशागत प्रमाणपत्र प्राप्त सदस्यले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने ।

(ट) सदस्य तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यले व्यावसायिक आचार संहिताको विपरीत गरेको काम कारबाही उपर अनुशासन समितिको सिफारिस बमोजिम आवश्यक कारबाही गर्ने ।

(ठ) लेखा र लेखापरीक्षणका विविध पक्षमा सैद्धान्तिक वा व्यावहारिक निर्देशन र मार्गदर्शनहरु दिने तथा व्यावसायिक विकासको लागि आवश्यक अन्य काम गर्ने ।

(ड) लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डद्वारा व्यवस्थित वा सिफारिस गरिएका लेखामान तथा लेखापरीक्षणमान पालना गर्ने, गराउने र सोको पालना भए नभएको नियमन गर्ने ।

(ढ) सदस्यहरुको हकहितको सुरक्षा एवं प्रतिष्ठाको संरक्षण तथा सम्वर्द्धन गर्ने ।

(ण) उद्योग, वाणिज्य, अर्थ, राजस्व तथा लेखा व्यवसायसँग सम्बन्धित विषयका विभिन्न प्रचलित कानूनहरुको सुधारको निमित्त नेपाल सरकारलाई राय सुझाब दिने ।

(त) अन्तर्राष्ट्रिय लेखा व्यवसायी महासङ्घ तथा क्षेत्रीय र उपक्षेत्रीय महासङ्घहरुको सदस्यता ग्रहण गर्ने तथा अन्य मुलुकका लेखा व्यवसायी संस्थाहरुसँग सम्पर्क स्थापना गर्ने।

(थ) विश्वविद्यालय तथा अन्य शिक्षण संस्थासँग समन्वय राखी लेखा शिक्षाको लागि उपयुक्त शैक्षिक मापदण्ड सिफारिस गर्ने ।

(द) दर्तावाला लेखापरीक्षकहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आवश्यक तालीम, गोष्ठी र सेमिनार सञ्चालन गर्ने ।

(ध) सेवारत लेखा जनशक्तिको भलाईका लागि अल्पकालीन वा दीर्घकालीन तालीम, गोष्ठी आदि सञ्चालन गर्ने ।

(न) लेखा व्यवसायसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने ।

(प) लेखा व्यवसायसँग सम्बन्धित पुस्तकालय सञ्चालन गर्ने ।

(फ) परिष‌द्बाट गठन हुने समितिहरुले अपनाउनुपर्ने कार्यविधि निर्धारण गर्ने ।

(ब) संस्थाको बजेट स्वीकृत गर्ने तथा कोषको प्रबन्ध गर्ने ।

(भ) संस्थाको लागि आवश्यकपर्ने कर्मचारीहरु नियुक्त गर्ने र निजहरुको पारिश्रमिक तथा अन्य सुविधा तोक्ने ।

(भ१) सदस्यको लागि अनवरत व्यावसायिक शिक्षाको व्यवस्था गर्ने ।

(भ२) लेखा प्राविधिज्ञ तयार गर्न शिक्षा प्रणालीको विकास र तत्सम्बन्धी आवश्यक कार्य गर्ने ।

(म) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियम बमोजिम तोकिएका अन्य कार्यहरु गर्ने।

(य) यस ऐनको उद्देश्य पूरा गर्न आवश्यक पर्ने अन्य कामहरु गर्ने।

Share this Law

दफा ११: परिषदको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.