दफा १५घ: लेखापरीक्षणमान बोर्डको गठन

Estimated reading: 1 minute 204 views

१) लेखा व्यवसाय र लेखापरीक्षणलाई सुव्यवस्थित र नियमन गर्नको लागि नेपाल सरकारले एक लेखापरीक्षणमान बोर्डको गठन गर्नेछ ।

२) लेखापरीक्षणमान बोर्डमा देहायका सदस्यहरु रहनेछन्ः –

(क) नेपाल सरकारले फेलो चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट मनोनीत गरेको एकजना – अध्यक्ष

(ख) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य

(ग) प्रतिनिधि, महालेखा परीक्षकको कार्यालय – सदस्य

(घ) नेपाल सरकारले परिषद्‌को सिफारिसमा चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट मनोनीत गरेका तीनजना – सदस्य

(ङ) नेपाल सरकारले परिषद्‌को सिफारिसमा दर्तावाला लेखापरीक्षक सदस्यहरुमध्येबाट मनोनीत गरेका एकजना – सदस्य

३) लेखापरीक्षणमान बोर्डले आवश्यक देखेमा सम्बन्धित विज्ञलाई आफ्नो बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

४) उपदफा (२) को खण्ड (क), (घ) र (ङ) मा उल्लिखित सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि निजहरु पुनः नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

५) लेखापरीक्षणमान बोर्डको बैठक कार्यविधि सो बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६) लेखापरीक्षणमान बोर्डको सचिवालय संस्थाको प्रधान कार्यालयमा रहनेछ ।

Share this Law

दफा १५घ: लेखापरीक्षणमान बोर्डको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.