दफा १५क: लेखामान बोर्डको गठम

Estimated reading: 1 minute 37 views

१) लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नको लागि नेपाल सरकारले एक लेखामान बोर्डको गठन गर्नेछ ।

२) लेखामान बोर्डमा देहायका सदस्यहरु रहनेछन्ः –

(क) नेपाल सरकारले फेलो चार्टर्ड एकाउन्टेन्टहरु मध्येबाट मनोनीत गरेको एकजना – अध्यक्ष

(ख) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य

(ग) प्रतिनिधि, महालेखापरीक्षकको कार्यालय – सदस्य

(घ) प्रतिनिधि, महालेखा नियन्त्रकको कार्यालय – सदस्य

(ङ) रजिष्ट्रार, कम्पनी रजिष्ट्रारको कार्यालय – सदस्य

(च) महानिर्देशक, आन्तरिक राजस्व विभाग – सदस्य

(छ) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल धितोपत्र बोर्ड – सदस्य

(ज) नेपाल सरकारले परिषद्‌को सिफारिसमा चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट मनोनीत गरेका पाँचजना – सदस्य

(झ) नेपाल सरकारले परिषद्‌को सिफारिसमा दर्तावाला लेखापरीक्षक सदस्यहरुमध्येबाट मनोनीत गरेको एक जना – सदस्य

३) लेखामान बोर्डले आवश्यक देखेमा सम्बन्धित विज्ञलाई आफ्नो बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

४) उपदफा (२) को खण्ड (क), (ज) र (झ) मा उल्लिखित सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

५) लेखामान बोर्डको बैठक सम्बन्धी कार्यविधि सो बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६) लेखामान बोर्डको सचिवालय संस्थाको प्रधान कार्यालयमा रहनेछ ।

Share this Law

दफा १५क: लेखामान बोर्डको गठम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.