दफा १५क: लेखामान बोर्डको गठम

Estimated reading: 1 minute 202 views

१) लेखा व्यवसाय र वित्तीय प्रतिवेदनलाई सुव्यवस्थित र नियमन गर्नको लागि नेपाल सरकारले एक लेखामान बोर्डको गठन गर्नेछ ।

२) लेखामान बोर्डमा देहायका सदस्यहरु रहनेछन्ः –

(क) नेपाल सरकारले फेलो चार्टर्ड एकाउन्टेन्टहरु मध्येबाट मनोनीत गरेको एकजना – अध्यक्ष

(ख) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य

(ग) प्रतिनिधि, महालेखापरीक्षकको कार्यालय – सदस्य

(घ) प्रतिनिधि, महालेखा नियन्त्रकको कार्यालय – सदस्य

(ङ) रजिष्ट्रार, कम्पनी रजिष्ट्रारको कार्यालय – सदस्य

(च) महानिर्देशक, आन्तरिक राजस्व विभाग – सदस्य

(छ) अध्यक्ष वा निजले तोकेको प्रतिनिधि, नेपाल धितोपत्र बोर्ड – सदस्य

(ज) नेपाल सरकारले परिषद्‌को सिफारिसमा चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट मनोनीत गरेका पाँचजना – सदस्य

(झ) नेपाल सरकारले परिषद्‌को सिफारिसमा दर्तावाला लेखापरीक्षक सदस्यहरुमध्येबाट मनोनीत गरेको एक जना – सदस्य

३) लेखामान बोर्डले आवश्यक देखेमा सम्बन्धित विज्ञलाई आफ्नो बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

४) उपदफा (२) को खण्ड (क), (ज) र (झ) मा उल्लिखित सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि समाप्त भएपछि निजहरु पुनः नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

५) लेखामान बोर्डको बैठक सम्बन्धी कार्यविधि सो बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६) लेखामान बोर्डको सचिवालय संस्थाको प्रधान कार्यालयमा रहनेछ ।

Share this Law

दफा १५क: लेखामान बोर्डको गठम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.