दफा ४१: दण्ड सजाय

Estimated reading: 0 minutes 184 views

१) यस ऐन बमोजिम पेशागत प्रमाणपत्र नलिई लेखापरीक्षणगर्ने व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

२) कसैले दफा ६ को उल्लङ्घन गरी संस्थाको नाम, चिन्ह वा संस्थाले प्रयोग गर्न पाउने कुनै पनि किसिमको अधिकारको प्रयोग गरेमा निजलाई पहिलो पटक भए एक हजार रुपैयाँसम्म जरिबाना हुनेछ र त्यसपछि पनि त्यस्तो काम गरेको ठहरेमा पटकै पिच्छे पाँच हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

तर कानूनद्वारा गठित संस्था वा विश्वविद्यालय वा संस्थासँग सम्बन्धित निकायहरुको हकमा यो उपदफा लागू हुने छैन ।

३) पेशागत प्रमाणपत्र नपाएको व्यक्तिले * पेशागत प्रमाणपत्र प्राप्त सदस्यको हैसियतले कुनै कागजातमा दस्तखत गरेको प्रमाणित भएमा त्यस्तो व्यक्तिलाई दुई हजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

४) यस दफामा लेखिएदेखि बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको बर्खिलाप कुनै काम गर्ने सदस्यलाई पाँच वर्षसम्मको लागि निलम्बन गरी दुई हजार रुपैयाँसम्म जरिबाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।

५) उजूर गर्नुपर्ने मनासिब माफिकको कारण बेगर सदस्यलाई दुःख दिने नियतले कुनै व्यक्तिले उजूर गरेको ठहरेमा त्यस्तो उजुर गर्ने व्यक्तिलाई एक हजार रुपैयाँसम्म जरिबाना हुनेछ ।

६) दफा ३५ बमोजिम कुनै सदस्यको विरुद्धमा परिषद् समक्ष त्यस्तो उजूर पर्न आएमा दफा १४ बमोजिम कारबाही हुनेमा बाहेक अन्य मुद्दाहरु सम्बन्धित उच्च अदालतमा मुद्दा चलाउनु पर्नेछ ।

Share this Law

दफा ४१: दण्ड सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.