दफा ३९: कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 160 views

१) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) परिषदबाट जिम्मेवार रही संस्थाको प्रमुखको रुपमा काम गर्ने,

(ख) संस्थाको दैनिक प्रशासनिक काम गर्ने,

(ग) संस्थाको वार्षिक बजेट तयार गरी परिष‌द्मा पेश गर्ने,

(घ) संस्थाको हिसाब किताब राखे तथा राख लगाउने,

(ङ) सदस्य र पेशागत प्रमाणपत्र प्राप्त सदस्यहरुको दर्ता किताब जिम्मा लिई अद्यावधिक रुपमा राखे, राख लगाउने ।

२) कार्यकारी निर्देशकले परिषद्‌को रेखदेख र नियन्त्रणमा रही कार्य गर्नेछ ।

३) यस ऐनमा लेखिएदेखि बाहेक कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ३९: कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.