नियम १७: सल्लाहकार बोर्डको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 3 views

१) ऐनको दफा १५ को उपदफा (१) बमोजिम गठन हुने सल्लाहकार बोर्डको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) गैर आवासीय नेपालीको सम्बन्धमा अवलम्बन गर्नु पर्ने नीतिका विषयमा नेपाल सरकारलाई सल्लाह र सुझाव दिने,

(ख) गैर आवासीय नेपालीले लगानी गर्ने आकर्षक लगानीका क्षेत्रहरू पहिचान गरी त्यसता क्षेत्रमा गैर आवासीय नेपालीलाई लगानी गर्न उत्प्रेरित गर्न सुझाव दिने,

(ग) पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालन र नेपालको समग्र विकासमा गैर आवासीय नेपालीले निर्वाह गर्न सक्ने भूमिकाका क्षेत्रहरू पहिचान गरी निजहरूको लगानी तथा सहयोगलाई प्रवर्धन तथा प्रोत्साहन गर्ने,

(घ) गैर आवासीय नेपालीको लगानीलाई सुरक्षित, दिगो तथा दीर्घकालीन गराउनको लागि अवलम्बन गर्नु पर्ने कानूनी, नीतिगत र संस्थागत सुधारका विषयमा नेपाल सरकारलाई सुझाव दिने,

(ङ) ऐन तथा यस नियमावलीको कार्यान्वयनका सम्बन्धमा आइपरेका बाधा तथा कठीनाईको समाधानको लागि अवलम्वन गर्नु पर्ने उपायका बारेमा नेपाल सरकारलाई सुझाव दिने,

(च) गैर आवासीय नेपालीहरू बीच सुमधुर सम्बन्ध कायम गर्ने सम्बन्धमा गर्नु पर्ने कामहरूको सम्बन्धमा आवश्यक सिफारिस गर्ने,

(छ) विदेशमा गैर आवासीय नेपालीको सांस्कृतिक एकता कायम राख्नको लागि नेपाल सरकारले अवलम्वन गर्नुपर्ने नीतिका सम्बन्धमा सुझाव दिने ।

२) ऐनको दफा १५ को उपदफा (१) बमोजिमको सल्लाहकार बोर्डको बैठक तथा सो

सम्बन्धी अन्य कार्यविधि बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

३) ऐनको दफा १५ को उपदफा (१) बमोजिमको सल्लाहकार बोर्डको प्रत्येक वर्ष आफूले सम्पादन गरेको कार्यको प्रतिवेदन नेपाल सरकार समक्ष पेश गर्नेछ र त्यस्तो प्रतिवेदन नेपाल सरकारले आवश्यकता अनुसार सार्वजनिक गर्नेछ ।

Share this Law

नियम १७: सल्लाहकार बोर्डको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.