नियम ११: नेपाली मूलका विदेशी नागरिकलाई प्रदान गरिने सुविधा तथा सहुलियत

Estimated reading: 1 minute 5 views

१) उपनियम (३) र (४) को अधीनमा रही नेपाली मूलका विदेशी नागरिकले नेपालभित्र बसोबास गर्नका लागि आफ्नो वा आफ्नो परिवारको निमित्त देहायका कुनै एक क्षेत्रमा देहाय बमोजिमको क्षेत्रफलमा नबढ्ने गरी जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न सक्नेछः-

(क) काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी,

(ख) तराईका जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कष्ठ्ठा,

(ग) खण्ड (क) र (ख) बाहेकका अन्य जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा चार रोपनी, खण्ड (ख) बाहेकका तराईका जिल्लाका गाउँ विकास समिति क्षेत्रभित्र

(घ) बढीमा एक विगाहा, वा

(ङ) खण्ड (क), (ख), (ग) र (घ) बाहेकको अन्य क्षेत्रमा बढीमा दश रोपनी ।

२) कुनै नेपाली मूलका विदेशी नागरिकले नेपाली नागरिकको हैसियतले नेपालमा कुनै अचल सम्पत्ति प्राप्त गरेको भए उपनियम (१) को व्यवस्था लागू हुने छैन ।

३) ऐनको दफा १० तथा उपनियम (१) बमोजिम नेपालभित्र जग्गा वा अन्य सम्पत्ति खरिद गर्न चाहने नेपाली मूलका विदेशी नागरिकले आफूले वा आफ्नो परिवारको नाममा खरिद गर्न चाहेको जग्गा रहेको स्थान, क्षेत्रफल तथा खरिद गर्न तय भएको मूल्य खुलाई स्वीकृतिको लागि सचिव समक्ष निवेदन दिनु पर्नेछ ।

४) उपनियम (३) बमोजिम निवेदन पर्न आएमा सचिवले जाँचबुझ गरी ऐन तथा यस नियमावलीको प्रतिकूल नहुने गरी निवेदक वा निजको परिवारको नाममा नेपालभित्र जग्गा तथा अन्य चल सम्पत्ति खरिद गर्नको लागि स्वीकृति दिनेछ ।

५) उपनियम (४) बमोजिमको स्वीकृति प्राप्त भएपछि जग्गा रजिष्ट्रेशन पास गर्ने सम्बन्धित कार्यालयले जग्गा तथा अन्य सम्पत्ति खरिद गर्न चाहने नेपाली मूलको विदेशी नागरिक वा निजको परिवारको नाममा ऐन तथा यस नियमावलीको अधीनमा रही जग्गा रजिष्ट्रेशन पारित गरिदिनु पर्नेछ।

६) ऐन र यस नियमावली बमोजिम परिचय पत्र पाउने व्यक्तिले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि भिसा शुल्क बुझाउनु पर्ने छैन ।

७) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि ऐन र यस नियमावली बमोजिम अचल सम्पत्ति खरीद गरेकै कारण ऐन र यो नियमावलीले प्रदान गरे वाहेकको अन्य कुनै हक अधिकार प्राप्त हुने छैन ।

८) यस नियमावली बमोजिम अचल सम्पत्तिको जग्गाधनी प्रमाण पत्र प्रदान गर्दा सम्बन्धित मालपोत कार्यालयले नीलो रङको प्रमाणपत्र प्रदान गर्नु पर्नेछ ।

Share this Law

नियम ११: नेपाली मूलका विदेशी नागरिकलाई प्रदान गरिने सुविधा तथा सहुलियत

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.