नियम १०: रकम फिर्ता लैजाने सम्बन्धी व्यवस्था

Estimated reading: 1 minute 7 views

१) नेपालमा गरेको लगानी रकम र त्यसबाट प्राप्त भएको लाभ बराबरको रकम ऐनको दफा ९ बमोजिम फिर्ता लैजान चाहने गैर आवासीय नेपालीले देहायको विवरण तथा कागजात संलग्न गरी सचिव समक्ष निवेदन दिनु पर्नेछः-

(क) ऐन बमोजिम लगानी गर्न लिएको स्वीकृतिको प्रतिलिपि,

(ख) लगानी फिर्ता लैजाने सम्बन्धमा सम्बन्धित कम्पनी वा संस्थाको सञ्चालक समितिबाट भएको निर्णय,

(ग) कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि,

(घ) रकम फिर्ता लैजान निवेदन दिएको आर्थिक वर्षभन्दा अघिल्लो आर्थिक वर्षसम्मको अन्तिम लेखा परीक्षण भएको वासलात,

(ङ) कुनै व्यक्ति वा संस्थाको ऋण वा दायित्व भएमा सो चुक्ता गरेको प्रमाणको प्रतिलिपि,

(च) रकम फिर्ता लैजान प्रयोग गर्ने बैंकको नाम, शाखा र ठेगाना,

(छ) नेपालमा कुनै प्रकारको राजस्व वा कसैलाई तिर्नु बुझाउनु पर्ने ऋण वा अन्य दायित्व तिर्न बुझाउन बाँकी छैन भन्ने व्यहोराको सपथ-पत्र (एफिडेभिट) ।

२) उपनियम (१) बमोजिम निवेदन परेमा सचिवले गैर आवासीय नेपालीले परिवर्त्य विदेशी मुद्रामा नेपालमा गरेको लागानीको हकमा एकै पटक वा पटक पटक गरी पूर्ण वा आंशिक रूपमा र त्यस्तो लगानीबाट प्राप्त भएको लाभको हकमा लाभ बराबरको रकम एकै पटकमा ऐनको अधीनमा रही फिर्ता लैजान स्वीकृति दिनेछ ।

Share this Law

नियम १०: रकम फिर्ता लैजाने सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.