नियम ६: परिचयपत्र रद्द हुने
१) देहायको अवस्थामा परिचयपत्र स्वतः रद्द भएको मानिनेछः-
(क) ऐनको दफा १७ बमोजिम स्वतः रद्द भएमा,
(ख) परिचयपत्रको बहाल अवधि समाप्त भएमा ।
२) झुट्टा विवरण पेश गरी परिचयपत्र लिएको पाइएमा परिचयपत्र जारी गर्ने अधिकारीले जुनसुकै बखत परिचयपत्र रद्द गर्न सक्नेछ ।
३) उपनियम (२) बमोजिम कुनै परिचयपत्र रद्द गर्नु अघि सम्बन्धित गैर आवासीय नेपालीलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनुपर्नेछ ।