नियम ३: नाम दर्ता गराउन निवेदन दिनु पर्ने
१) कुनै गैर आवासीय नेपाली वा निजको परिवारले गैर आवासीय नेपालीको हैसियतमा आफ्नो नाम दर्ता गराउन चाहेमा विदेशमा भए कुनै नियोग प्रमुख समक्ष र नेपालभित्र भए सचिव समक्ष अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ ।
२) उपनियम (१) बमोजिम निवेदन दिँदा अनुसूची-२ बमोजिमको दस्तुर संलग्न गर्नु पर्नेछ ।