नियम ५: परिचयपत्रको अवधि र नवीकरण

Estimated reading: 1 minute 3 views

१) नियम ४ बमोजिम दिईएको परिचयपत्र ऐनको दफा ४ को उपदफा (३) को अधीनमा रही नेपाली मूलको विदेशी नागरिक भए बढिमा दश वर्ष र विदेशमा बस्ने नेपाली नागरिक भए दुई वर्षसम्म बहाल रहनेछ ।

२) परिचयपत्र नवीकरण गराउन चाहने गैर आवासीय नेपालीले परिचयपत्रको बहाल अवधि समाप्त हुनु अगावै अनुसूची-६ बमोजिमको ढाँचामा नियोग प्रमुख वा सचिव समक्ष निवेदन दिनु पर्नेछ ।

३) उपनियम (२) बमोजिम निवेदन पर्न आएमा नियोग प्रमुख वा सचिवले एक पटकमा ऐनको दफा ४ को उपदफा (३) को अवधिमा नबढ्ने गरी अनुसूची-४ बमोजिमको दस्तुर लिई परिचयपत्र नवीकरण गरिदिनु पर्नेछ ।

४) उपनियम (३) बमोजिम परिचयपत्र नवीकरण गर्दा नियम ४ को उपनियम (१) बमोजिम खडा गरिएको अभिलेखमा समेत परिचयपत्रको नम्बर तथा परिचयपत्र वहाल रहने अवधि जनाई अभिलेख अद्यावधिक गर्नु पर्नेछ ।

Share this Law

नियम ५: परिचयपत्रको अवधि र नवीकरण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.