दफा ७: महानिर्देशकको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 1 views

महानिर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) नेपालभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित, व्यवस्थित र नियन्त्रण गर्ने, गराउने ।

(ख) विदेशीहरुलाई पदयात्रा गर्न अनुमति दिने ।

(ग) तोकिए बमोजिमको भिसा जारी गर्ने तथा भिसाको म्याद थप गर्ने ।

(ग१) खण्ड (ख) बमोजिम दिइएको पदयात्रा अनुमति वा खण्ड (ग) बमोजिम जारी गरिएको वा म्याद थप गरिएको भिसा तोकिए बमोजिमको अवस्थामा रद्द गर्ने ।

(घ) नेपाली नागरिकको आगमन र प्रस्थानलाई व्यवस्थित गर्ने ।

(ङ) नेपाल सरकारले समय समयमा दिएको निर्देशन अनुसार अन्य काम गर्ने, गराउने ।

Share this Law

दफा ७: महानिर्देशकको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.