दफा २: परिभाषा

Estimated reading: 1 minute 2 views

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,-

(क) “अध्यागमन” भन्नाले नेपालभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थान गर्ने प्रकृया सम्झनु पर्छ ।

(ख) “विदेशी” भन्नाले तत्काल नेपालको नागरिक नभएको जुनसुकै व्यक्ति सम्झनु पर्छ ।

(ग) “राहदानी” भन्नाले कुनै राष्ट्रको सरकारले विदेश भ्रमणको लागि जारी गरेको राहदानी, ट्राभल डकुमेण्ट वा यस्तै भ्रमण गर्ने स्वीकृति प्रदान गरिएको अनुमतिपत्र सम्झनु पर्छ र सो शब्दले संयुक्त राष्ट्र संघले जारी गरेको लेसेपेसे समेतलाई जनाउँछ।

(घ) “भिसा” भन्नाले कुनै विदेशीलाई नेपालभित्र प्रवेश तथा उपस्थितिको लागि नेपाल अनुमतिपत्र सम्झनु पर्छ ।

(ङ) “विभाग” भन्नाले नेपालभित्र विदेशीहरुको प्रवेश, उपस्थिति र प्रस्थानलाई नियमित गर्न तथा नेपाली नागरिकहरुको आगमन र प्रस्थानलाई व्यवस्थित गर्न नेपाल सरकारले स्थापना गरेको अध्यागमन विभाग सम्झनु पर्छ ।

(च) “कार्यालय” भन्नाले विभाग अन्तर्गतको अध्यागमन कार्यालय सम्झनु पर्छ ।

(छ) “महानिर्देशक” भन्नाले विभागको प्रमुख सम्झनु पर्छ ।”अध्यागमन अधिकृत” भन्नाले विभाग र कार्यालयमा कार्यरत अधिकृत सम्झनु पर्छ र सो शब्दले कार्यालय प्रमुखलाई समेत जनाउँछ ।

(झ) “पदयात्रा” भन्नाले कुनै विदेशीद्वारा रात बिताउने गरी गरिने पैदल भ्रमण सम्झनु पर्छ र सो शब्दले हिमशिखर आरोहण गर्न जाने विदेशीद्वारा गरिने आधार शिविर सम्मको पैदल भ्रमण समेतलाई जनाउँछ ।

(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

Share this Law

दफा २: परिभाषा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.