दफा ४७ः समितिको विघटन

Estimated reading: 0 minutes 442 views

१) साधारण सभाले देहायको अवस्थामा समितिको विघटन गर्न सक्नेछ:

(क) समितिको बदनियतपूर्ण कार्यबाट सहकारी संस्थाको कारोबार जोखिममा परेमा,

(ख) सहकारी संस्थाले तिर्नु पर्ने दायित्व तोकिएको समयभित्र भुक्तान गर्न नसकेमा,

(ग) विनियममा उल्लिखित उद्देश्य र कार्य विपरीतको काम गरेमा,

(घ) समितिले आफ्नो जिम्मेवारी पूरा नगरेमा,

(ङ) यो ऐन बा यस ऐन अन्तर्गत बनेको नियमावलीमा उल्लिखित शर्त वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी वा रजिष्ट्राले दिएको निर्देशनको बारम्बार उल्लङ्घन गरेमा।

२) उपदफा (१) बमोजिम समिति विघटन भएमा साधारण सभाले नयाँ समितिको निर्वाचन गर्नेछ।

३) समितिले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारी दिएको निर्देशन पालना नगरेमा वा दफा ४० को उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदन समेतको आधारमा रजिष्ट्रार वा कार्यालय प्रमुखले समितिलाई उजुरी वा निरीक्षणको क्रममा देखिएका विषयवस्तुको गाम्भिर्यताको आधारमा बढीमा छ महिनाको समय दिई सुधार गर्ने मौका दिन सक्नेछ र त्यस्तो समयावधिभित्र पनि सुधार नगरेमा त्यस्तो समिति विघटन गर्नेछ।

४) उपदफा (३) बमोजिम समिति विघटन भएमा त्यसरी विघटन गरिएको मितिले तीन महिनाभित्रमा अर्को समितिको निर्वाचन सम्पन्न गराउन र त्यस्तो निर्वाचन नभएसम्म सहकारी संस्थाको दैनिक कार्य सञ्चालन गर्न रजिष्ट्रार वा रजिष्ट्रारबाट अधिकार प्राप्त अधिकारीले तोकिए बमोजिमको एक तदर्थ समिति गठन गर्नु पर्नेछ।

५) यस दफा बमोजिम अर्को समितिको निर्वाचन गराउँदा लागेको सम्पूर्ण खर्च सम्बन्धित सहकारी संस्थाले व्यहोर्नेछ।

६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रजिष्ट्रारलो सहकारी बैङ्कको समितिको विघटन गर्नु पूर्व नेपाल राष्ट्र बैङ्कको परामर्श लिनु पर्नेछ र सो सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले दिएको परामर्श बमोजिम गर्नु पर्नेछ।

Share this Law

दफा ४७ः समितिको विघटन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.