दफा ११घः घर वा कारोवारको ठाउँको खानतलासी लिने

Estimated reading: 0 minutes 313 views

१) यस ऐन विपरीत कुनै विदेशी विनिमय कुनै घर वा कारोवारको ठाउँमा लुकाएको वा राखिएको छ भनी विश्वास गर्नुपर्ने पर्याप्त कारण र आधार भएमा अनुसन्धान अधिकारीले सो कुराको पर्चा खडा गरी उक्त घर वा कारोवारको ठाउँको खानतलासी लिन आदेश दिन सक्नेछ।

२) उपदफा (१) बमोजिमको आदेशअनुसार खानतलासी लिंदा कम्तीमा राजपत्र अनङ्कित द्वितीय श्रेणीको कर्मचारीले गर्नुपर्नेछ।

३) अनुसन्धान अधिकारीको आदेशअनुसार खानतलासी लिन खटिएको कर्मचारीले खानतलासी लिनुपर्ने घर वा कारोवारको ठाउँमा तत्काल बसोबास गरिरहेका व्यक्तिलाई खानतलासी लिनुपरेको कारण समेत खोली सूचना दिनुपर्नेछ। सम्बन्धित व्यक्तिले त्यस्तो सूचना नबुझेमा सो सूचनाको एक प्रति खानतलासी लिनुपर्ने घर वा कारोवारको ठाउँको सबैले देख्ने स्थानमा टाँसी दिनुपर्नेछ। सूचना टाँस भएपछि सम्बन्धित व्यक्तिले खानतलासीको सूचना पाएको मानिनेछ ।

४) उपदफा (३) (३) बमोजिम सम्बन्धित व्यक्तिलाई सूचना दिएपछि खानतलासी लिन खटिएका कर्मचारीलाई घर वा कारोवारको ठाउँमा खानतलासी लिन दिनुपर्नेछ।

५) खानतलासी लिन जाँदा सम्बन्धित व्यक्तिले बाधा बिरोध गरेमा खानतलासी लिन खटिएका कर्मचारीलाई खानतलासी लिनुपर्ने घर वा कारोवारको ठाउँमा बसिरहेको व्यक्तिहरूलाई हट्न सूचना र मौका दिनुपर्नेछ। यसरी हट्ने मौका दिँदादिँदै पनि नहटेमा आवश्यक बलसमेत प्रयोग गरी खानतलासी लिनुपर्ने घर वा कारोवारको ठाउँको बाहिरी वा भित्री ढोका, झ्याल वा छेस्किनी खोली वा फोरी कुनै पनि समयमा खानतलासी लिन सकिनेछ ।

६) खानतलासी लिँदा यस ऐन विपरीत कुनै विदेशी विनिमय वा त्यसैसँग सम्बन्धित लिखत फेला परेमा त्यस्तो विदेशी विनिमय वा लिखत कब्जामा लिन सकिनेछ।

७) यस दफा बमोजिम खानतलासी लिँदा गाउँपालिका वा नगरपालिका सदस्य वा कम्तीमा दुईजना स्थानीय भलाद्मीहरू साक्षी राखी निजहरूको उपस्थितिमा खानतलासी लिनुपर्नेछ। खानतलासी लिंदा फेलापरेको यस ऐन विपरित कुनै विदेशी विनिमय वा त्यससँग सम्बन्धित लिखतको विवरण तयार गरी त्यसमा उपस्थित साक्षीहरूको समेत सहीछाप गराउनु पर्नेछ ।

Share this Law

दफा ११घः घर वा कारोवारको ठाउँको खानतलासी लिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.