परिच्छेद ३ बोलपत्र सम्बन्धी व्यवस्था

दफा २१: बोलपत्र जमानत

Estimated reading: 1 minute 7 views

१) बोलपत्रदाताले बोलपत्रसाथ तोकिए बमोजिम जमानत पेश गर्नु पर्नेछ ।

२) उपदफा (१) बमोजिम पेश गरको जमानत देहायको अवस्थामा जफत हुनेछ:-

(क) दफा १९ को उपदफा (१) मा उल्लिखित अवधि पछि बोलपत्रदाताले बोलपत्र संशोधन वा फिर्ता माग गरेमा,

(ख) बोलपत्रमा देखिएको अङ्कगणितीय त्रुटी सच्याइएको कुरा बोलपत्रदाताले स्वीकार नगरेमा,

(ग) छनौट भएको बोलपत्रदाताले बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित शर्त बमोजिम खरिद सम्झौता नगरेमा,

(घ) बोलपत्र सम्बन्धी कागजातमा उल्लिखित कार्यसम्पादन जमानत बोलपत्रदाताले खरिद सम्झौता गर्ने म्यादभित्र दिन नसकेमा,

(ङ) सार्वजनिक निकायले बोलपत्र परीक्षणको सिलसिलामा दफा २३ को उपदफा (४) बमोजिम माग गरेको कुनै जानकारी दिँदा बोलपत्रदाताले बोलपत्रको मूल्य वा सारभूत कुरा परिवर्तन गरेमा,

(च) दफा ६२ बमोजिमको आचरण विपरीत काम गरेमा ।

३) दफा ५२ बमोजिमको खरिद सम्झौता सम्पन्न भएपछि त्यस्तो खरिद सम्झौता गर्ने बोलपत्रदाता तथा उपदफा (२) बमोजिम जमानत जफत गर्नु नपर्ने बोलपत्रदाताको बोलपत्र जमानत सार्वजनिक निकायले फिर्ता गर्नु पर्नेछ ।

Share this Law

दफा २१: बोलपत्र जमानत

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.