दफा ६६: विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था

Estimated reading: 0 minutes 136 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विशेष परिस्थिति उत्पन्न भई तत्काल खरिद नगर्दा सार्वजनिक निकायलाई थप हानी नोक्सानी हुने अवस्था आई परेमा सार्वजनिक निकायले तत्काल खरिद गर्न वा गराउन सक्नेछ ।

२) सार्वजनिक निकायका प्रमुखले उपदफा (१) बमोजिमको परिस्थिति र तत्काल गर्नुपर्ने खरिद सम्बन्धी विस्तृत विवरणको जानकारी तह माथिको अधिकारीलाई दिनुपर्नेछ ।

३) विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

Share this Law

दफा ६६: विशेष परिस्थितिमा खरिद गर्ने सम्बन्धी व्यवस्था

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.