परिच्छेद – २१ रोजगारी अन्त्य सम्बन्धी व्यवस्था
दफा १४६ः पुन: सञ्चालन गर्न सक्ने
१) कुनै कारणले श्रमिकको सङ्ख्यामा कटौती गरिएकोमा सो प्रतिष्ठान दुई वर्षभित्र पुन: सञ्चालन भएमा वा थप श्रमिक आपूर्ति गर्नु पर्ने भएमा दफा १४५ बमोजिम कटौतीमा परेका श्रमिकलाई रोजगारीमा प्राथमिकता दिनु पर्नेछ।
२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कटौतीमा परेको श्रमिकलाई तोकिए बमोजिम सूचना दिदा समेत उपस्थित नभएमा अन्य व्यक्तिलाई रोजगारीमा लगाउन सकिनेछ।
३) रोजगारदाताले सूचना नदिएमा वा रोजगारीमा नराखेमा पैँतीस दिनभित्र सम्बन्धित श्रमिकले श्रम अदालतमा निवेदन दिन सक्नेछ।
४) यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।