परिच्छेद ९क फरफारख सम्बन्धी व्यवस्था

दफा ८८झः भुक्तानीको प्राथमिकता क्रम

Estimated reading: 1 minute 31 views

१) फरफारखको प्रक्रियामा रहेको वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति बिक्रीबाट प्राप्त रकम निक्षेपकर्ता, साहु र विशेष प्रशासन समूहले मूल्याङ्कन गरी भुक्तानी गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरुलाई भुक्तानी गर्ने तथा रकम छुट्याउने कार्य देहाय बमोजिमको प्राथमिकताका आधारमा गर्नु पर्नेछः-

(क) यस ऐनको व्यवस्थाको कार्यान्वयनका लागि बैङ्क तथा विशेष प्रशासन समूहले गरेका खर्च, कर्मचारीको पारिश्रमिक र सुविधा बापतको खर्च, सो सम्बन्धमा काममा लगाइएका पेशागत व्यवसायीको शुल्क तथा अन्य सम्बद्ध खर्च लगायत फरफारखको प्रक्रियामा गरेको आवश्यक खर्च,

(ख) निक्षेपकर्ताको कुल स्वीकृत दाबी रकमको सीमामा नबढ्ने गरी प्रचलित कानून बमोजिम भएका निक्षेप बीमा सुरक्षण सम्मको रकम वा त्यस्तो निक्षेप रकम कानून बमोजिम स्थापना भएको निक्षेप बीमा सुरक्षण गर्ने संस्थाले निक्षेपकर्तालाई भुक्तानी गरेको भए सो बराबरको रकम,

(ग) खण्ड (ख) बमोजिम भुक्तानी भई बाँकी हुन आएको निक्षेप,

(घ) कानून बमोजिम सुरक्षित साहुको रुपमा मान्यता प्राप्त व्यक्तिहरुको स्वीकृत दाबी ।

२) उपदफा (१) मा उल्लिखित क्रम अनुसार भुक्तानी गर्दा कुनै वर्गको स्वीकृत दाबीको रकम भुक्तानी गर्न अपर्याप्त भएमा समान वर्गका बीकर्ताहरुलाई समानुपातिक रुपमा रकम वितरण गर्नु पर्नेछ ।

३) निक्षेपकर्ता वा सुरक्षित साहुहरुलाई दाबीको भुक्तानी गर्दा राष्ट्रियता, बसोबासको स्थान वा क्षेत्राधिकार जस्ता कुनै पनि आधारमा भेदभाव नगरी समान रुपले भुक्तानी गर्नु पर्नेछ ।

४) समयमै दाबी पेश गर्ने सुरक्षित साहुहरुको स्वीकृत दाबी सुरक्षणमा रहेको सम्पत्तिको बिक्रीबाट प्राप्त रकमले खामेसम्म पहिलो प्राथमिकतामा राखी भुक्तानी गर्नु पर्नेछ। त्यस्तो सुरक्षणले नखामेको दाबी अन्य साहुहरुको दाबी सरह हुनेछ।

५) दफा ८८ठ. को उपदफा (४) बमोजिम सिर्जना हुन सक्ने आर्थिक क्षतिपूर्ति सम्बन्धी दायित्व बहन गर्ने प्रयोजनका लागि विशेष प्रशासन समूहले त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको सम्पत्ति बिक्रीबाट प्राप्त भएको रकमको दुई प्रतिशत रकम छुट्टै खाता खडा गरी जम्मा गर्नु पर्नेछ।

६) निक्षेपकर्ता तथा सुरक्षित साहुहरुलाई भुक्तानी गरी उपदफा (५) बमोजिम रकम छुट्याइएपछि बाँकी हुन आउने रकम प्रचलित कानून बमोजिम तिर्नु बुझाउनुपर्ने कर, दस्तुर, शुल्क सो वाणिज्य बैङ्क वा वित्तीय संस्थाको अन्य साहु वा स्वीकृत दाबीकर्ताहरु तथा शेयरधनी वा अन्य प्रकारले स्वामित्व ग्रहण गरेका व्यक्तिहरुलाई दफा ८८ण. को उपदफा (३) बमोजिम नियुक्त लिक्विडेटरले प्रचलित कानून बमोजिम तोकिएको प्राथमिकताका आधारमा पर्नेछ।

Share this Law

दफा ८८झः भुक्तानीको प्राथमिकता क्रम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.