दफा ७: बैङ्कले गर्न नहुने काम

Estimated reading: 1 minute 164 views

१) यस ऐनमा व्यवस्था गरिएकोमा बाहेक बैङ्कले देहायका काम गर्ने छैनः-

(क) कुनै कर्जा प्रदान गर्ने, कुनै पनि किसिमको निक्षेप राखे वा कुनै किसिमको आर्थिक उपहार दिने,

(ख) कुनै वाणिज्य बैङ्क, वित्तीय संस्था, सार्वजनिक संस्थान वा कम्पनीको शेयर खरिद गर्ने वा अन्य कुनै पनि किसिमले कुनै वित्तीय, व्यापारिक, कृषि, औद्योगिक वा अन्य संस्थामा स्वामित्व सम्बन्धी अधिकार प्राप्त गर्ने,

(ग) कुनै किसिमको व्यापार गर्ने, वा

(घ) खरिद गरेर, भाडामा लिएर वा कुनै तरिकाबाट चल अचल सम्पत्ति माथि अधिकार प्राप्त गर्ने।

तर आफ्नो कारोबार र व्यवस्था सञ्चालन गर्न वा आफ्नो उद्देश्य पूरा गर्न आवश्यक पर्ने सम्पत्ति भने बैङ्कले प्राप्त गर्न सक्नेछ ।

२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्कले देहायका काम गर्न सक्नेछः-

(क) बैङ्कको आफ्नो काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्थालाई सो संस्थाको कुल पूँजीको दश प्रतिशत ननाघ्ने गरी ऋण प्रदान गर्ने वा त्यस्ता संस्थाको शेयरमा स्वामित्व प्राप्त गर्ने।

स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “बैङ्कको काम कारबाही वा दायित्व पूरा गर्न सहयोग हुने काम कारबाही गर्ने संस्था” भन्नाले विशुद्ध रुपमा वाणिज्य बैङ्क वा वित्तीय संस्थाको धितो मूल्याङ्कन, सञ्चालन र संरक्षण गर्ने, धितो पुनसंरचना गर्ने र हस्तान्तरण गर्ने, साख मूल्याङ्कन गर्ने, साख सूचना आदान प्रदान गर्ने, तथ्याङ्क प्रशोधन गर्ने र संप्रेषण गर्ने, वित्तीय उपकरण मुद्रण गर्ने भुक्तानीको क्लियरिङ्ग गर्ने, सम्पत्तिलाई तरल बनाउने, बैङ्क नोट वा सिक्का उत्पादन गर्ने, ट्रष्टिको रुपमा काम गर्ने जस्ता बैङ्कले तोकेको अन्य कुनै पनि संस्था वा कम्पनी सम्झनु पर्छ ।

(ख) बैङ्कले आफ्ना कर्मचारीलाई कर्जा प्रदान गर्ने।

Share this Law

दफा ७: बैङ्कले गर्न नहुने काम

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.