परिच्छेद ११ कसूर, दण्ड सजाय र कारबाही

दफा ९६: दण्ड सजाय

Estimated reading: 0 minutes 43 views

१) दफा ९५ को उपदफा (१) वा (२) बमोजिमको कसूर गर्ने व्यक्तिलाई उक्त कसूरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिबाना वा सात वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

२) दफा ९५ को उपदफा (१) वा (२) बमोजिम सजाय गर्दा बिगो कायम गर्न नसकिने अवस्था भएमा कसूरको मात्रा हेरी बढीमा दश लाख रुपैयाँसम्म जरिबाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।

३) दफा ९५ बमोजिमको कसूर कुनै फर्म, कम्पनी वा संस्थाले गरेकोमा त्यस्तो सजाय सो फर्म, कम्पनी वा संस्थाको मुख्य पदाधिकारीलाई हुनेछ ।

४) दफा ९५ बमोजिमको कसूर गर्न उद्योग गर्ने वा त्यस्तो कसूर गर्न मद्दत पुर्‍याउने व्यक्ति, फर्म, कम्पनी वा संस्था वा त्यस्तो फर्म, कम्पनी वा संस्थाको पदाधिकारीलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ।

Share this Law

दफा ९६: दण्ड सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.