दफा १५घ: लेखापरीक्षणमान बोर्डको गठन

Estimated reading: 1 minute 34 views

१) लेखा व्यवसाय र लेखापरीक्षणलाई सुव्यवस्थित र नियमन गर्नको लागि नेपाल सरकारले एक लेखापरीक्षणमान बोर्डको गठन गर्नेछ ।

२) लेखापरीक्षणमान बोर्डमा देहायका सदस्यहरु रहनेछन्ः –

(क) नेपाल सरकारले फेलो चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट मनोनीत गरेको एकजना – अध्यक्ष

(ख) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य

(ग) प्रतिनिधि, महालेखा परीक्षकको कार्यालय – सदस्य

(घ) नेपाल सरकारले परिषद्‌को सिफारिसमा चार्टर्ड एकाउन्टेन्टहरुमध्येबाट मनोनीत गरेका तीनजना – सदस्य

(ङ) नेपाल सरकारले परिषद्‌को सिफारिसमा दर्तावाला लेखापरीक्षक सदस्यहरुमध्येबाट मनोनीत गरेका एकजना – सदस्य

३) लेखापरीक्षणमान बोर्डले आवश्यक देखेमा सम्बन्धित विज्ञलाई आफ्नो बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।

४) उपदफा (२) को खण्ड (क), (घ) र (ङ) मा उल्लिखित सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ र पदावधि निजहरु पुनः नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

५) लेखापरीक्षणमान बोर्डको बैठक कार्यविधि सो बोर्ड आफैले निर्धारण गरे बमोजिम हुनेछ ।

६) लेखापरीक्षणमान बोर्डको सचिवालय संस्थाको प्रधान कार्यालयमा रहनेछ ।

Share this Law

दफा १५घ: लेखापरीक्षणमान बोर्डको गठन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.