दफा ११: परिषदको काम, कर्तव्य र अधिकार

Estimated reading: 1 minute 33 views

परिषद्‌को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-

(क) लेखा व्यवसायमा प्रवेश गर्नेहरुको लागि परीक्षा सञ्चालन गर्ने ।

(ख) संस्थाको सदस्यता तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यमा नाम दर्ता गर्ने सम्बन्धी कार्यविधि निर्धारण गर्ने ।

(ग) निर्धारित योग्यता पुगेको व्यक्तिलाई दफा १६ बमोजिम उपयुक्त किसिमको सदस्यता प्रदान गर्ने।

(घ) उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी लेखा व्यवसायको समन्वयात्मक विकास गर्ने।

(ङ) लेखा व्यवसायको विकासको लागि दक्ष जनशक्तिको लागि चाहिने योग्यता निर्धारण गर्ने ।

(च) सदस्यता प्राप्त गर्न आवश्यक पर्ने योग्यता हासिल गर्नको लागि आवश्यक पाठ्यक्रम र व्यवहारिक तालीमको किसिम निर्धारण गर्ने ।

(छ) विश्वविद्यालय वा अन्य शैक्षिक संस्थाको सहयोगमा वा संस्था स्वयंले विभिन्न शिक्षण तथा प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्ने ।

(ज) लेखा व्यवसाय गर्नको निमित्त सदस्यहरुलाई पेशागत प्रमाणपत्र दिने ।

(झ) सदस्यहरुलाई वृत्ति विकासका अवसरहरु प्रदान गरी

निजहरुको दक्षतामा अभिवृद्धि गराउने ।

(ञ) सदस्यको तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यको लागि तोकिएको व्यावसायिक आचार संहिता अनुरुप सदस्य वा पेशागत प्रमाणपत्र प्राप्त सदस्यले काम गरे नगरेको सम्बन्धमा अनुगमन गर्ने ।

(ट) सदस्य तथा पेशागत प्रमाणपत्र प्राप्त सदस्यले व्यावसायिक आचार संहिताको विपरीत गरेको काम कारबाही उपर अनुशासन समितिको सिफारिस बमोजिम आवश्यक कारबाही गर्ने ।

(ठ) लेखा र लेखापरीक्षणका विविध पक्षमा सैद्धान्तिक वा व्यावहारिक निर्देशन र मार्गदर्शनहरु दिने तथा व्यावसायिक विकासको लागि आवश्यक अन्य काम गर्ने ।

(ड) लेखामान बोर्ड र लेखापरीक्षणमान बोर्डद्वारा व्यवस्थित वा सिफारिस गरिएका लेखामान तथा लेखापरीक्षणमान पालना गर्ने, गराउने र सोको पालना भए नभएको नियमन गर्ने ।

(ढ) सदस्यहरुको हकहितको सुरक्षा एवं प्रतिष्ठाको संरक्षण तथा सम्वर्द्धन गर्ने ।

(ण) उद्योग, वाणिज्य, अर्थ, राजस्व तथा लेखा व्यवसायसँग सम्बन्धित विषयका विभिन्न प्रचलित कानूनहरुको सुधारको निमित्त नेपाल सरकारलाई राय सुझाब दिने ।

(त) अन्तर्राष्ट्रिय लेखा व्यवसायी महासङ्घ तथा क्षेत्रीय र उपक्षेत्रीय महासङ्घहरुको सदस्यता ग्रहण गर्ने तथा अन्य मुलुकका लेखा व्यवसायी संस्थाहरुसँग सम्पर्क स्थापना गर्ने।

(थ) विश्वविद्यालय तथा अन्य शिक्षण संस्थासँग समन्वय राखी लेखा शिक्षाको लागि उपयुक्त शैक्षिक मापदण्ड सिफारिस गर्ने ।

(द) दर्तावाला लेखापरीक्षकहरुको व्यावसायिक दक्षता अभिवृद्धि गर्न आवश्यक तालीम, गोष्ठी र सेमिनार सञ्चालन गर्ने ।

(ध) सेवारत लेखा जनशक्तिको भलाईका लागि अल्पकालीन वा दीर्घकालीन तालीम, गोष्ठी आदि सञ्चालन गर्ने ।

(न) लेखा व्यवसायसँग सम्बन्धित सामग्रीहरु प्रकाशन गर्ने ।

(प) लेखा व्यवसायसँग सम्बन्धित पुस्तकालय सञ्चालन गर्ने ।

(फ) परिष‌द्बाट गठन हुने समितिहरुले अपनाउनुपर्ने कार्यविधि निर्धारण गर्ने ।

(ब) संस्थाको बजेट स्वीकृत गर्ने तथा कोषको प्रबन्ध गर्ने ।

(भ) संस्थाको लागि आवश्यकपर्ने कर्मचारीहरु नियुक्त गर्ने र निजहरुको पारिश्रमिक तथा अन्य सुविधा तोक्ने ।

(भ१) सदस्यको लागि अनवरत व्यावसायिक शिक्षाको व्यवस्था गर्ने ।

(भ२) लेखा प्राविधिज्ञ तयार गर्न शिक्षा प्रणालीको विकास र तत्सम्बन्धी आवश्यक कार्य गर्ने ।

(म) यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम तथा विनियम बमोजिम तोकिएका अन्य कार्यहरु गर्ने।

(य) यस ऐनको उद्देश्य पूरा गर्न आवश्यक पर्ने अन्य कामहरु गर्ने।

Share this Law

दफा ११: परिषदको काम, कर्तव्य र अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.